एमालेले बोलायो केन्द्रीय कमिटी बैठक, चार वटा एजेण्डा तय

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १०, २०८१
|
|
२४ पटक हेरिएको
Shares
एमालेले बोलायो केन्द्रीय कमिटी बैठक, चार वटा एजेण्डा तय

सारांश

  • काठमाडौं।
  • नेकपा (एमाले) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ।
  • आज (बुधबार) बसेको सचिवालय बैठकले आगामी पुस २१ र २२ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो।

काठमाडौं। नेकपा (एमाले) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ। आज (बुधबार) बसेको सचिवालय बैठकले आगामी पुस २१ र २२ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो।

सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवाली निर्णय जानकारी गराउँदै भने, ‘बैठकले केन्द्रीय कमिटीको ८औं बैठक आगामी पुस २१ र २२ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ। त्यो बैठकका लागि हामीले राजनीतिक प्रतिवेदन, संगठनात्मक कामहरुको बारेमा जानकारी, विगतमा सचिवालय, स्थायी कमिटी र पोलिटव्यूरोहरुले गरेका निर्णयहरुको अनुमोदन र समसामयिक प्रस्ताव गरेर चार वटा एजेण्डा तय गरेका छौं । सोही एजेण्डामा रहेर यो बैठक सम्पन्न हुनेछ।’

साथै, सचिवालय बैठकमा कांग्रेस–एमाले गठबन्धन सरकारको पाँच महिने सहयात्राको बारेमा समीक्षा भएको पनि उपमहासचिव ज्ञवालीले बताए । पाँच महिनाको अवधिमा केही महत्वपूर्ण काम अगाडि बढेकोमा बैठकले सन्तुष्टि व्यक्त गरेको उनले बताए। नयाँ सरकार आएदेखि नै शेयर बजार उच्च विन्दुमा रहेको, संक्रमण कालीन न्यायको विषय टुङ्ग्याउन आयोगका पदाधिकारी नियुक्तिका लागि छिट्टै अर्को समिति बनाउनेबारे पनि बैठकमा छलफल भएको उनले बताए।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    binance

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?