प्रचण्डसँग दूरी बढेको छैन : प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १०, २०७६
|
|
३७ पटक हेरिएको
Shares
प्रचण्डसँग दूरी बढेको छैन : प्रधानमन्त्री ओली

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री केपी ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग आफ्नो दूरी बढने कुनै सम्भावना नरहेको बताएका छन्।
  • असंलग्न राष्ट्रहरुको बाकुमा आयोजित १८ औं सम्मेलनमा भाल लिएर आईतबार स्वदेश फर्कनु भएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अर्का अध्यक्ष दाहालसँग आफ्नो दूरी बढने कुनै अवस्था नरहेको बताए।

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग आफ्नो दूरी बढने कुनै सम्भावना नरहेको बताएका छन्। असंलग्न राष्ट्रहरुको बाकुमा आयोजित १८ औं सम्मेलनमा भाल लिएर आईतबार स्वदेश फर्कनु भएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अर्का अध्यक्ष दाहालसँग आफ्नो दूरी बढने कुनै अवस्था नरहेको बताए।

‘रमाइलो कुरा गर्नु भयो, काठमाडौं हुँदा भन्दा बाकुमा हुँदा टाढा त हुनै नै भयो,’ प्रधानमन्त्री ओलीले व्यंग्यात्मक शैलीमा भने, ‘यसभन्दा बाहेक दुरी बढेको छैन, दूरी बढेको भन्ने गणित चाँही मिलेन । हामी बीच कुनै प्रकारको दुरी बढने सम्भावना र अवस्था दुवै छैन।’ प्रधानमन्त्री ओली र दाहालबीच पछिल्लो समय दूरी बढेको समाचार विभिन्न समाचार माध्याममा आइरहेका थिए। प्रधानमन्त्री ओलीले भने त्यस्तो कुनै पनि प्रकारको सम्भावना नरहेको बताए।

प्रधानमन्त्री ओलीले दाहालले मदन भण्डारीसँग आफूलाई तुलना गर्नु भयो नि? भन्ने प्रश्नको जवाफ दिँदै के प्रसंगमा त्यसो भन्नु भएको हो ? आफूले नसुनेको बताए। ‘म यति भन्न सक्छु, उहाँले म मदन भण्डारीको विचारहरुलाई लिएर पार्टीलाई समय अनुकूल अगाडि बढाउँछु, बढाउने इच्छा राख्छु भन्नु भएको हुनुपर्छ,’ प्रधानमन्त्री ओलीको भनाइ थियो, ‘त्यसकारण यस विषयलाई लिएर आफूहरुबीच दूरी बढेको भन्न मिल्दैन, बरु दुरी घटेको भन्नुपर्छ।’

(https://www.riverbendresort.us)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बढ्यो सुनको मूल्य
बढ्यो सुनको मूल्य
उच्चस्तरीय भ्रमणमा बाहिरबाट सुरक्षाकर्मी ल्याउनु गलत ः सांसद विमला राई
उच्चस्तरीय भ्रमणमा बाहिरबाट सुरक्षाकर्मी ल्याउनु गलत ः सांसद विमला राई
मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकको मृत्यु
मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकको मृत्यु
असई विकको हत्याका आरोपी नगरप्रमुख रामशंकर मिश्र अदालतमा हाजिर
असई विकको हत्याका आरोपी नगरप्रमुख रामशंकर मिश्र अदालतमा हाजिर
कृत्रिम योनी बनेपछि युवतीले पाइन नयाँ जीवन !
कृत्रिम योनी बनेपछि युवतीले पाइन नयाँ जीवन !
चर्चित गायक चलाउनेले “राडोको घडि” मायालु लाई चिनो दिने ……….भिडियो हेर्नुहोस् ।।
चर्चित गायक चलाउनेले “राडोको घडि” मायालु लाई चिनो दिने ……….भिडियो हेर्नुहोस् ।।
यस्ताे उत्तेजक डान्सर जसलाई राेक्न सेना लगाउनु पर्याे !
यस्ताे उत्तेजक डान्सर जसलाई राेक्न सेना लगाउनु पर्याे !
पुडासैनी मृत्यु प्रकरण :‘निष्पक्ष छानबिन गर्न दिनुपर्छ’
पुडासैनी मृत्यु प्रकरण :‘निष्पक्ष छानबिन गर्न दिनुपर्छ’
कात्तिक ५ गते बुधवारको राशिफल यस्तो छ
कात्तिक ५ गते बुधवारको राशिफल यस्तो छ
चर्चित लोकगायक खुमन अधिकारी र लक्ष्मि अाचार्यको सुमधुर स्वरमा सजिएको तिजको गीत  “भिटामिनले मलाई झन कालो बनायो” :भिडियो रेपोर्ट
चर्चित लोकगायक खुमन अधिकारी र लक्ष्मि अाचार्यको सुमधुर स्वरमा सजिएको तिजको गीत “भिटामिनले मलाई झन कालो बनायो” :भिडियो रेपोर्ट

तपाईंले छुटाउनुभयो कि?