प्रशान्त तामाङ प्रहरीको जागिरबाट बर्खास्त !

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १, २०७४
|
|
२३ पटक हेरिएको
Shares
प्रशान्त तामाङ प्रहरीको जागिरबाट बर्खास्त !

सारांश

  • दार्जिलिङ निवासी नेपालीभाषी गायक प्रशान्त तामाङ प्रहरी सेवाबाट बर्खास्त भएका छन्।
  • गायक तामाङलाई बंगाल सरकारले कलकत्ता प्रहरी सेवाबाट बर्खास्त गरेको हो।
  • सन् २००७ मा तामाङ ‘इन्डियन आइडल’ बन्नु अघि नै कलकत्ता प्रहरीमा थिए।

दार्जिलिङ निवासी नेपालीभाषी गायक प्रशान्त तामाङ प्रहरी सेवाबाट बर्खास्त भएका छन्। गायक तामाङलाई बंगाल सरकारले कलकत्ता प्रहरी सेवाबाट बर्खास्त गरेको हो।

सन् २००७ मा तामाङ ‘इन्डियन आइडल’ बन्नु अघि नै कलकत्ता प्रहरीमा थिए।

एक बंगला दैनिकलाई उदृत गर्दै सिक्किमबाट प्रकाशित हाम्रो प्रजाशक्ति दैनिकले २ हप्ता अगाडिको बिहीबारको अंकमा तामाङ सेवाबाट बर्खास्त भएको खबर छापेको छ ।

उक्त समाचारमा तामाङ लामो समयदेखि जागिरमा गयल भएको जनाइएको छ। तामाङलाई विभागले १३ जुनमा कारण देखाऊ सूचना जारी गरेको पनि त्यस समाचारमा उल्लेख छ।

तर पछिल्लो समय दार्जिलिङमा नेपालीभाषी र सरकारबीच चलिरहेको द्वन्द्वबारे प्रशान्तले सरकारको विपक्षमा बोलेको कारण उनलाई प्रहरी पदबाट बर्खास्त गरिएको खबरहरू पनि सार्वजनिक भएका छन्।

दार्जिलिङमा नेपालीभाषीले गरेको ‘गोर्खाल्याण्ड आन्दोलन’ मा केही समय अगाडि तामाङले समर्थन जनाएका थिए। उनले आफ्नो सफलतामा दार्जलिङवासीको पनि हात भएको र उनीहरुको मातृभूमिमा लाठी बर्सिएको आफूले देख्न नसक्ने अभिव्यक्ति दिएका थिए।

उनले भनेका थिए, ‘मलाई निकै दुःख लागेको छ, दार्जिलिङ युद्धभूमि वा युद्ध बोर्डर हो र? गोर्खाल्याण्ड मागको आन्दोलन रोकिने छैन। तपाईंको मातृभूमिमा लाठी लाग्दा के तपाईं चुप लाग्नुहुन्छ र?’

उनले गोर्खाल्याण्डको माग जायज भएको भन्दै बंगाल सरकारको विपक्षमा बोलेका थिए।

यही कारण उनलाई बंगाल सरकारले अनुशासन पालना नगरेको भन्दै कारवाहीका रुपमा प्रहरीको जागिरबाट बर्खास्त गरेको समाचारमाध्यमले जनाएका छन्।

प्रशान्त तामाङले इन्डियन आइडल जितेपछि नेपालमा नै गीत गाउने र फिल्म खेल्ने काममा सक्रिय छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माइतीघर मण्डलामा नेतृहरुले भनेः बामपन्थी सरकार महिलाहरुले बनाएको
माइतीघर मण्डलामा नेतृहरुले भनेः बामपन्थी सरकार महिलाहरुले बनाएको
राष्ट्र ऋण उठाउने विधेयक, २०८० मा दुई सांसदको संशोधन प्रस्ताव
राष्ट्र ऋण उठाउने विधेयक, २०८० मा दुई सांसदको संशोधन प्रस्ताव
धारा निर्माण गर्ने मनकारी दाता
धारा निर्माण गर्ने मनकारी दाता
विमान दुर्घटनामा परि निधन भएकाको शव आफन्तलाई बुझाउने कार्य भइरहेको छ : मन्त्री किराँती
विमान दुर्घटनामा परि निधन भएकाको शव आफन्तलाई बुझाउने कार्य भइरहेको छ : मन्त्री किराँती
सडक निर्माण तथा स्तरोन्नति
सडक निर्माण तथा स्तरोन्नति
चलचित्र ‘जिग्री’को पोस्टर सार्वजनिक, फागुन ४ गतेका लागि प्रदर्शन मिति घोषणा
चलचित्र ‘जिग्री’को पोस्टर सार्वजनिक, फागुन ४ गतेका लागि प्रदर्शन मिति घोषणा
देशभर आज १४ सय ९० संक्रमित थपिए
देशभर आज १४ सय ९० संक्रमित थपिए
आईजीपीसहित विपक्षीका नाममा कारण देखाउ आदेश
आईजीपीसहित विपक्षीका नाममा कारण देखाउ आदेश
काँग्रेस चुनावमा हार्नुको कारण केन्द्रीय समितिको वैठकमा छताछुल्ल
अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा. बरमेजो नेपालमा
अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा. बरमेजो नेपालमा

तपाईंले छुटाउनुभयो कि?