माअोवादीको चुनाबि र्यालि भाड्न बम विस्फोट ,३ घाईते !
सारांश
- ११ असार, काठमाडौं ।
- पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको सुनवलमा माओवादीको चुनावी र्यालीलाई लक्षित गरी बम विष्फोट भएको छ ।
- विष्फोटमा ३ जना घाइते भएका छन् ।
११ असार, काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको सुनवलमा माओवादीको चुनावी र्यालीलाई लक्षित गरी बम विष्फोट भएको छ । विष्फोटमा ३ जना घाइते भएका छन् ।
घाइतेहरुलाई उपचार गर्न बुटवल लगिएको छ ।
सुनवल नगरपालिका-३ मा पर्ने सोमनाथ खोलाको पुल नजिक बम विष्फोट भएको हो । पुल छेउको ढुंगामा लुकाएर राखिएको बम पड्किएको र र्यालीमा प्रयोग गरिएको बसको सिसा फुटेर कार्यकर्ताहरु घाइते भएको स्थानीय प्रशासनले जनाएको छ ।
नेपाली कांग्रेसको चुनावी र्याली सकिएपछि माओवादीको र्याली आएको बेला बम पड्किएको थियो । माओवादीको र्याली भन्दा पछाडि एमालेको र्याली थियो ।
स्थानीय प्रशासनले ३ जना घाइते भएको जानकारी दिए पनि माओवादीले भने आफ्ना ६ जना कार्यकर्ता घाइते भएको जनाएको छ ।
बम कसले राखेको हो भन्ने खुलेको छैन ।
यसअघि उम्मेदवारी दर्ताको दिन कपिलवस्तुको वाणगंगामा पनि बम विष्फोट भएको थियो ।
प्रतिक्रिया