महँगो तरकारी, कमजोर बजार अनुगमन: मारमा आम उपभोक्ता

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १४, २०८१
|
|
३५ पटक हेरिएको
Shares
महँगो तरकारी, कमजोर बजार अनुगमन: मारमा आम उपभोक्ता

सारांश

  • काठमाडौं।
  • अहिले कालीमाटी होलसेल बजारमा अधिकांश हरियो तरकारीको मूल्य घटेको छ।
  • तर खुद्रा बजारमा भने ५० प्रतिशतको हाराहारीमा मूल्य फरक छ, अर्थात बढी छ।

काठमाडौं। अहिले कालीमाटी होलसेल बजारमा अधिकांश हरियो तरकारीको मूल्य घटेको छ। तर खुद्रा बजारमा भने ५० प्रतिशतको हाराहारीमा मूल्य फरक छ, अर्थात बढी छ। भान्सा नै महँगो भएपछि कम आम्दानी हुने उपभोक्ताको दैनिकी कष्टकर बन्दै गएको छ। तर सरकारले प्रभावकारी रुपमा अनुगमन गर्न सकेको छैन।

अहिले कालीमाटी फलफूल तथा तरकारी बजारमा दैनिक भान्छामा प्रयोग हुने प्याज, गोलभेडा,काउली,बन्दा,भन्टा,च्याउ लगायतका अधिकांश तरकारीको मूल्य घटेको छ । थोक बजारमै दैनिक रुपमा प्रयोग गरिने तरकारीको मूल्य घटेको छ।

तर खुद्रा बजारमा भने तरकारीको मूल्य पटक्कै घटेको छैन। अहिले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार स्थानीय काउली औशतमा ४० रुपैयाँ प्रति केजी छ।

त्यस्तै, तराई काउली प्रतिकेजी २५ रुपैयाँ मूल्य छ। तर खुद्रा बजारमा भने १ सय रुपैयाँको हाराहारीमा किनबेच भइरहेको छ। त्यस्तै,औशतमा तराई बन्दा प्रतिकेजी २७ रुपैयाँ छ भने लोकल २५ रुपैयाँ प्रतिकेजी छ ।तर खुद्रा बजारमा प्रतिकेजी ८० रुपैयाँको हाराहारीमा बिक्री भइरहेको छ।

यी मात्रै होइन, मूल्य घटेका कयौँ हरिया तरकारीहरूको मूल्य थोक बजारमा भन्दा खुद्रा बजारमा निकै ठुलो अन्तर हुने गरेको उपभोक्ता बताउँछन्।

उपभोक्तालाई कुन तरकारी होलसेलमा सस्तो छ तथा कुन तरकारी महँगो छ भन्ने जानकारी हुँदैन। त्यसका अलावा काउली, बन्दा,बोडी लगायतका तरकारी विभिन्न प्रकारका हुन्छन्। कुनै सस्ता त कुनै महँगा।

त्यो पनि उपभोक्तालाई जानकारी हुँदैन। त्यसैको फाइदा उठाउँदै खुद्रा व्यापारीले उपभोक्तासँग मनपरी मूल्य लिने गर्छन्।

थोक बजारमा भन्दा खुद्रा बजारमा ५० प्रतिशतको हाराहारीमा मूल्य फरक पर्ने गरेको उपभोक्ताको गुनासो छ। यसो हुँदा भान्छा चलाउनै भएको उनीहरु दुःखेसो पोख्छन्।

विचौलियाका कारण थोकमा सस्तो हुँदा पनि खुद्रामा निकै महँगो पर्नु उपभोक्ताका लागि दुःखद भएको उनीहरूको गुनासो छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मूल्य पारदर्शी बनाउन दैनिक मूल्य सङ्कलन गरी प्रकाशन गर्दै आएको छ। तर समितिले तोकेको मूल्य र त्यहीको थोक बजारमै मूल्य पनि फरक फरक मूल्यमा तरकारी किनबेच भइरहेको छ।

समितिले मूल्य पारदर्शी बनाउन दैनिक मूलय निर्धारण गरेपनि पारदर्शी हुन नसकेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउनुहुन्छ।

थोकबाट खुद्रा व्यापारीको तरकारी जाँदा स्वभाविक रुपमा महँगो हुन्छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मूल्यमा पारदर्शीता ल्याउन थोक व्यापारीहरूलाई बिल विजक उपलब्ध गराउन निर्देशन दिएको छ।

समितिको निर्देशन अनुसार थोक व्यापारीहरूले खुद्रा व्यापारीहरूलाई प्राय बिल बिजक उपलब्ध गराएका हुन्छन्। कतिपय खुद्रा व्यापारीले बील विजक लान्छन् भने कतिपयले नलाने गरेको थोक बिक्रेताको बताउँछन्।

यता, अनुगमनको पाटो उस्तै फितलो छ। वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले अनुगमन गरिरहेको बताएको छ। ऐन भन्दा बाहिर गएर कारोबार गरे कारवाही गर्ने विभागको भनाइ छ। सरकारको फितलो अनुगमनका कारण उपभोक्ताले राहत पाउन सकेका छैन।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    bir binance hesabi acin

    Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me. https://accounts.binance.info/bn/register?ref=WTOZ531Y

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?