नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सुरु गर्यो डाइनामिक क्युआर पेमेन्ट सिस्टम

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ४, २०७९
|
|
२३ पटक हेरिएको
Shares
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सुरु गर्यो डाइनामिक क्युआर पेमेन्ट सिस्टम

सारांश

  • काठमाडौँ ४ असोज ।
  • नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ई सेवा सँगको सहकार्यमा डाइनामिक क्युआर पेमेन्ट सिस्टम सञ्चालनमा ल्याएको छ ।
  • आइतबार दिउसो यस इन्स्योरेन्स कम्पनीको काठमाडौँ शाखामा आयोजित एक विषेश समारोहकाबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले रिबन काटेर उक्त सेवाको शुभारम्भ गरेका हुन् ।

काठमाडौँ ४ असोज । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ई सेवा सँगको सहकार्यमा डाइनामिक क्युआर पेमेन्ट सिस्टम सञ्चालनमा ल्याएको छ । आइतबार दिउसो यस इन्स्योरेन्स कम्पनीको काठमाडौँ शाखामा आयोजित एक विषेश समारोहकाबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले रिबन काटेर उक्त सेवाको शुभारम्भ गरेका हुन् ।

नेशनल सेल्स हेड उमापति पोखरेलले डाइनामिक क्युआरको माध्यमबाट आफ्नो तथा आफ्नो परिवारको प्रिमियम भुक्तानी गरि सेवाको सुचारु गरे । उक्त सेवा सुचारूका साथै नेपाल लाइफ इन्स्योरेन्स डाइनामिक क्युआर पेमेन्ट सिस्टम सेवा उपलब्ध गराउने नेपालकै पहिलो र एक मात्र जीवन बीमा कम्पनी बनेको छ । अब नेपाल लाइफका देशै भरिका शाखा तथा उपशाखाहरूबाट डाइनामिक क्युआरको माध्यमबाट भुक्तानी गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?