भरतपुर महानगरको २० ठाउँमा आइल्यान्ड निर्माण

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १८, २०७५
|
|
३४ पटक हेरिएको
Shares
भरतपुर महानगरको २० ठाउँमा आइल्यान्ड निर्माण

सारांश

  • चितवन, १८ साउन ।
  • चितवनको भरतपुर महानगर क्षेत्रको मुख्य राजमार्ग क्षेत्रमा ट्राफिक पोष्ट (आइल्यान्ड) राखिएको छ ।
  • महानगर क्षेत्रमा ट्राफिक व्यवस्थापनमा सहजता होस् भनि महानगरले दिगो शहरी विकास नीति अनुसार ट्राफिक पोष्ट(आइल्यान्ड) विभिन्न २० स्थानमा राखिएको हो ।

चितवन, १८ साउन । चितवनको भरतपुर महानगर क्षेत्रको मुख्य राजमार्ग क्षेत्रमा ट्राफिक पोष्ट (आइल्यान्ड) राखिएको छ । महानगर क्षेत्रमा ट्राफिक व्यवस्थापनमा सहजता होस् भनि महानगरले दिगो शहरी विकास नीति अनुसार ट्राफिक पोष्ट(आइल्यान्ड) विभिन्न २० स्थानमा राखिएको हो । चितवननको भरतपुर महानगरमा तीन पाग्रे सावारी व्यवस्थापनमा सक्रिय भएको केहि दुई साता भित्र नै भरतपुर महानगरकी मेयर रेनुले ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरीलाई सहजता होस् भनि ट्राफिक पोष्ट (आइल्यान्ड) राख्न लगाएकी हुन् ।

महानगरको वोर्ड बैठकबाट निर्णयबाट भरतपुरमा ट्राफिक पोष्ट(आइल्यान्ड) थालिएको मेयर सचिवालयले जनाएको छ । सार्वजनिक नीजि साझेदारी कार्यक्रम अन्र्तगत महानगरको पहलमा श्रद्धा हाउजिगं प्रा।लि।ले १० बर्षका लागि जिम्मा लिई उक्त ट्राफिक पोष्ट (आइल्यान्ड)राखेको हो।
श्रद्धा क्रमिक रुपमा महानगरको सबै क्षेत्रमा ट्राफिक पोष्ट (आइल्यान्ड) राख्ने सम्झौता समेत भएको महानगरका प्रमुख कार्यकारी अधिकृत नेत्र सुवेदीले जानकारी दिए । श्रद्धाले २० वटा वापत हरेक बर्ष २ लाख रुपैया राजश्व समेत महानगरलाई बुझाउने समेत उनले बताए ।
उनले भने– ‘सडकमा भिड कम भएको वेलमा ट्राफिकलाई आराम गर्ने वातावरण आइल्यान्ड निर्माणले मिल्नेछ ।’ केन्द्रिय बसपार्क चोक, हाकिमचोक, चौविसकोठी, वीरेन्द्र क्याम्पस चोक, लायन्सचोक, सहिदचोक, पुलचोक, लिला चोक, पोखराबस पार्क चोक, आपटारी चोक लगायतका २० ठाउँ पोष्ट राखिएको मेयरको सचिवालय टिमका गोपालकृष्ण न्यौपानेले जानकारी दिए ।  सो पोष्टमा सोलारको समेत गरि मोबाइल फोनलाई चार्ज व्यवस्था मिलाइएको छ भने ट्राफिकको पानी परेको बेला लगाउने कपडा र पानी राख्ने ठाउँसमेत छ । साथै वातावरणमैत्री बनाउन महानगर अन्य ठाउँका सम्पूर्ण चोकमा समेत यस्ता निर्माण राख्ने जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शहीदपत्नी पनि मजदूरीमै, फेरिएनन् मजदूरका दिन
शहीदपत्नी पनि मजदूरीमै, फेरिएनन् मजदूरका दिन
झापामा सवा अर्ब लगानीमा खुल्यो पाँचतारे होटल ‘अश्वत्थ’
झापामा सवा अर्ब लगानीमा खुल्यो पाँचतारे होटल ‘अश्वत्थ’
भूकम्पको घाउमा नाकाबन्दीको नुनचुक छर्किने मोदीका विशेष दूत नेपाल आउँदै
भूकम्पको घाउमा नाकाबन्दीको नुनचुक छर्किने मोदीका विशेष दूत नेपाल आउँदै
डिआइजी पोखरेलले पाए दज्र्यानी
डिआइजी पोखरेलले पाए दज्र्यानी
विप्वल समूहसँग वार्ताको पहल भइरहेको छ : गृहमन्त्री
विप्वल समूहसँग वार्ताको पहल भइरहेको छ : गृहमन्त्री
जोरपाटी मा अनियन्त्रित माइक्रोले पैदाल यात्रि लाई सोहोर्दै लाग्यो , दुई जनाको  मृत्‍यु भएको आसँका…
जोरपाटी मा अनियन्त्रित माइक्रोले पैदाल यात्रि लाई सोहोर्दै लाग्यो , दुई जनाको मृत्‍यु भएको आसँका…
आफ्ना सांसदलाई असोज ३ गतेसम्म काठमाडौं नछोड्न कांग्रेसको निर्देशन
आफ्ना सांसदलाई असोज ३ गतेसम्म काठमाडौं नछोड्न कांग्रेसको निर्देशन
बुटवल उप–महानगरपालिको बजेट एक अर्ब ६३ करोड
बुटवल उप–महानगरपालिको बजेट एक अर्ब ६३ करोड
विधेयक फिर्ता नलिए कांग्रेसले संसदमा हंगामा मच्चाउने
विधेयक फिर्ता नलिए कांग्रेसले संसदमा हंगामा मच्चाउने
मन्त्री र उच्च कर्मचारीले अत्यावश्यकबाहेक विदेश भ्रमण गर्न नपाउने
मन्त्री र उच्च कर्मचारीले अत्यावश्यकबाहेक विदेश भ्रमण गर्न नपाउने

तपाईंले छुटाउनुभयो कि?