उपेन्द्र यादवले जारीगरे यस्तो विज्ञप्ति !
सारांश
- काठमाडौं, २४ जेठ ।
- संघीय समाजवादी फोरम नेपालले विज्ञप्ति जारी गरेकाे छ ।
- अध्यक्ष उपेन्द्र यादवकाे हस्ताक्षेरीत विज्ञप्तिमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग फोरमको एकता हुन लागेका समाचारहरू सञ्चारमाध्यममा आएका भन्दै उनले विज्ञप्तिमार्फत त्यसको खण्डन गरेका हुन् ।
काठमाडौं, २४ जेठ । संघीय समाजवादी फोरम नेपालले विज्ञप्ति जारी गरेकाे छ ।
अध्यक्ष उपेन्द्र यादवकाे हस्ताक्षेरीत विज्ञप्तिमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग फोरमको एकता हुन लागेका समाचारहरू सञ्चारमाध्यममा आएका भन्दै उनले विज्ञप्तिमार्फत त्यसको खण्डन गरेका हुन् ।
विज्ञप्तिमार्फत यादवले तत्काल एकीकरणको सम्भावना नरहेको स्पष्ट पारेका छन् । संघीय समाजवादी फोरम नेपालले वैशाख २१ गतेको केन्द्रीय समिति बैठकले नीति, सिद्धान्त र विचार मिल्ने दलसँग एकीकरण गर्न सकिने निर्णय गरेको उल्लेख गर्दै अध्यक्ष यादवले नेकपासँग तत्काल एकता सम्भव नभएको विज्ञप्तिमा उल्लेख गरेका छन् । ‘पार्टी एकीकरण हुन लागेको भन्दै सुनियोजित ढंगले जनतामा भ्रम सिर्जना हुनेगरी प्रचार हुँदैछ’, विज्ञप्तिमा भनिएको छ ।
संघीय समाजवादी फोरम उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी भएको छ । अध्यक्ष यादव केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री छन् भने मोहम्मद इश्तियाक राई सहरी विकास मन्त्री छन् ।
प्रतिक्रिया