उपत्यकाभित्र सार्वजनिक स्थलको अभाव

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १४, २०७४
|
|
२० पटक हेरिएको
Shares
उपत्यकाभित्र सार्वजनिक स्थलको अभाव

सारांश

  • काठमाडौँ, १४ भदौ ।
  • काठमाडाँै उपत्यकाभित्र दश स्थानमा सार्वजनिक खुला स्थान र एक निर्वाचन क्षेत्र एक खुला स्थान भन्ने कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन सरोकारवालाहरुले माग गरेका छन् ।
  • चालु आवको नीति तथा कार्यक्रममा सरकारले सो कार्यक्रम घोषणा गरेको थियो ।

काठमाडौँ, १४ भदौ । काठमाडाँै उपत्यकाभित्र दश स्थानमा सार्वजनिक खुला स्थान र एक निर्वाचन क्षेत्र एक खुला स्थान भन्ने कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन सरोकारवालाहरुले माग गरेका छन् ।

चालु आवको नीति तथा कार्यक्रममा सरकारले सो कार्यक्रम घोषणा गरेको थियो । तर कार्यक्रम कार्यान्वयनमा नआएको भन्दै सरोकारवाला निकायले विशेषगरी उपत्यकाभित्र रहेका सार्वजनिक स्थललाई नगरपालिकाले फोहर संकलन गर्ने र पार्किङ गर्ने स्थलमा रुपान्तरित गरेकामा चिन्तासमेत व्यक्त गरे ।

प्राथमिक स्वास्थ्य सेवा केन्द्रद्वारा आज  आयोजित सार्वजनिक खुला स्थान संरक्षणसम्बन्धी कार्यक्रमका सहभागी वक्ताहरुले विपद् व्यवस्थापनका लागि खुला स्थलको संरक्षण गर्नुपर्छ भन्नुभयो ।

कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले विसं २०७२ को विनाशकारी भूकम्पका समयमा विद्यालय, स्वास्थ्य सेवालगायतमा रहेका सार्वजनिक खुला स्थानले अस्थायी बासस्थानको काम गरेको भन्दै सार्वजानिक खुला स्थल निर्माणमा ध्यान दिन आग्रह गर्नुभयो ।

युएन ह्वाबिट्याटका कार्यक्रम अधिकृत भूषण तुलाधरले शहरी क्षेत्रमा सामाजिक, सांस्कृतिक कार्य तथा विपद्का समयमा खुला स्थानको आवश्यक पर्ने कुरालाई ध्यानमा दिई पुर्खाहरुले बनाएका वहाः, चोक एवम् चौरजस्ता संरचना जोगाइराख्न आवश्यक भएकामा जोड दिनुभयो ।

नगरपालिकाभित्र आवास निर्माण गर्दा अनिवार्य रुपमा पाँच प्रतिशत भू–भाग खाली राख्नुपर्ने प्रावधान रहेको छ । उपत्यकाभित्र रहेका प्रमुख सार्वजानिक खुला स्थान टे बहाल, यट्खा, काठमाडाँै दरबार क्षेत्र, टँुडिखेल, रत्नपार्क, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्रजस्ता स्थानमा विपद्का समयमा उपयोग गर्न समस्या पर्ने बताइएको छ ।

कार्यक्रममा सार्वजनिक स्थल विज्ञ सुमन महर्जनले कार्यपत्र प्रस्तुत गर्दै शहरी क्षेत्रमा सार्वजनिक स्थलको अभाव हुँदै गएको बताउनुभयो ।

यसैगरी सचिन महर्जन र प्रकाश महर्जनले उपत्यकाभित्रका तरकारी बजार अव्यवस्थित रहेको अध्ययनका क्रममा पाइएको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुख्य मन्त्रीदेखि वडा सदस्यसम्मको सेवा–सुविधा ताेकियाे, कस्ले कति पाउँछन ?
मुख्य मन्त्रीदेखि वडा सदस्यसम्मको सेवा–सुविधा ताेकियाे, कस्ले कति पाउँछन ?
डिजिटल प्रणालीबाट पठनपाठन गराउन आग्रह
डिजिटल प्रणालीबाट पठनपाठन गराउन आग्रह
याैनहिंसा विरुद्ध उत्कृष्ट कार्य गर्ने मुकवेगे र मुरादलाई नोबेल शान्ति पुरस्कार !
याैनहिंसा विरुद्ध उत्कृष्ट कार्य गर्ने मुकवेगे र मुरादलाई नोबेल शान्ति पुरस्कार !
कार दुर्घटनामा एकको मृत्यु
कार दुर्घटनामा एकको मृत्यु
‘कार्यालयमा मेरो होइन, आफ्ना छोराछोरीको तस्वीर राख्नुहोस्, निर्णयगर्दा उनीहरुको अनुहार सम्झिनुहोस,
‘कार्यालयमा मेरो होइन, आफ्ना छोराछोरीको तस्वीर राख्नुहोस्, निर्णयगर्दा उनीहरुको अनुहार सम्झिनुहोस,
असार ११ गते बिहिवारको राशिपफल यस्तो छ
असार ११ गते बिहिवारको राशिपफल यस्तो छ
सुन र लागुऔषधसहित उदयपुर र सिरहाका दुई युवक पक्राउ
सुन र लागुऔषधसहित उदयपुर र सिरहाका दुई युवक पक्राउ
टोपबहादुर रायमाझी : सहमतिविना प्रधानमन्त्री ओलीको राजीनामा आउँदैन
टोपबहादुर रायमाझी : सहमतिविना प्रधानमन्त्री ओलीको राजीनामा आउँदैन
एमाले-माओवादी एकता : ‘जनयुद्ध’मा विदेशीको आपत्ति
एमाले-माओवादी एकता : ‘जनयुद्ध’मा विदेशीको आपत्ति
उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदै नेपाली टोली
उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदै नेपाली टोली

तपाईंले छुटाउनुभयो कि?