आवश्यकता भए तालमेल हुन सक्छ ः प्रधानमन्त्री देउवा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १५, २०७४
|
|
२६ पटक हेरिएको
Shares
आवश्यकता भए तालमेल हुन सक्छ ः प्रधानमन्त्री देउवा

सारांश

  • धनगढी, १५ भदौ ।
  • प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले २ नं प्रदेशमा हुन लागेको स्थानीय तहको निर्वाचनमा काँग्रेसले अरु पार्टीसँग तालमेल गर्ने विषयमा संवाद गरिरहेको बताउनुभएको छ ।
  • आज धनगढी विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै देउवाले भन्नुभयो, “सल्लाह भइरहेको छ, आवश्यकता हेरेर तालमेल गर्न सकिन्छ ।

धनगढी, १५ भदौ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले २ नं प्रदेशमा हुन लागेको स्थानीय तहको निर्वाचनमा काँग्रेसले अरु पार्टीसँग तालमेल गर्ने विषयमा संवाद गरिरहेको बताउनुभएको छ ।

आज धनगढी विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै देउवाले भन्नुभयो, “सल्लाह भइरहेको छ, आवश्यकता हेरेर तालमेल गर्न सकिन्छ ।”

प्रधानमन्त्री देउवाले महाकाली नदीमा ‘चार लेन’को पुल निर्माण हुन लागेकाले यो निर्माणपछि ७ नं प्रदेशको समग्र विकासमा योगदान पुग्ने बताउनुभयो ।

प्रधानमन्त्रीले भारतसँग भएको समझदारीअनुरुप पञ्चेश्वर परियोजनाका साथै, कञ्चनपुरमा ड्राइ पोर्ट (सुख्खा बन्दरगाह) निर्माण र गौरीफण्टा नाकाको स्तरोन्नति गर्ने काम कार्यान्वयनमा आउने विश्वास व्यक्त गर्नुभयो ।

उहँले ७ नं प्रदेशमा प्राविधिक शिक्षाको व्यवस्थाका लागि प्राविधिक इन्स्टिच्युट खोल्ने विषयमा पनि भारतसँग सहमति भएको बताउनुभयो ।

कञ्चनपुरको महाकाली नदीमा निर्माण हुन लागेको चार लेनको पुलको शिलान्यासका लागि प्रधानमन्त्री देउवा कञ्चनपुरतर्फ जानुभएको छ ।

नेपालको आफ्नै लगानीमा पुल निर्माण हुन लागेको हो ।

चालू आर्थिक वर्षमा यो पुल निर्माणका लागि झण्डै रु एक अर्ब रकम विनियोजन गरिएको बताइएको छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Anuvab Gc

    आवासेक्ता त चौध अन्चल
    75 जिल्ला मैई छ
    किन भने
    काङ्रेस को कुनै पनि जिल्ला मा जित्ने हैसियत नै छैन
    ताल्मेल गरे र पनि काङ्रेस हार्छ

    Comment Author

    RK RB

    Yeklai ta himmat huna paryo ne ser bahadur chunab ladnalai….

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?