चारसय पचास सवारी साधन कारबाहीमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २२, २०७४
|
|
४० पटक हेरिएको
Shares
चारसय पचास सवारी साधन कारबाहीमा

सारांश

  • ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा बढी मात्रामा धुवाँ निकाल्दै हिँड्ने सवारी साधनमाथि कारबाही थालेको छ ।
  • प्रमुख पर्यटकीय क्षेत्र ठमेललाई सवारीमुक्त बनाएको ट्राफिकले उपत्यकाभरि धेरै मात्रामा धुवाँ फ्याँक्दै हिँडेका सवारी साधनलाई कारबाही शुरु गरेको हो ।
  • महानगरीय ट्राफिक प्रहरी महाशाखाले असोज ३१ गतेदेखि हालसम्म ४५० वटा त्यस्ता सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गरेको जनाएको छ ।

ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा बढी मात्रामा धुवाँ निकाल्दै हिँड्ने सवारी साधनमाथि कारबाही थालेको छ ।

प्रमुख पर्यटकीय क्षेत्र ठमेललाई सवारीमुक्त बनाएको ट्राफिकले उपत्यकाभरि धेरै मात्रामा धुवाँ फ्याँक्दै हिँडेका सवारी साधनलाई कारबाही शुरु गरेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले असोज ३१ गतेदेखि हालसम्म ४५० वटा त्यस्ता सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गरेको जनाएको छ । जसमा प्रदूषण स्टिकर फेल भएका ३१७, स्टिकर नर्भका आठ र बढी धुवाँ फाल्ने १२५ सवारीसाधन छन् ।

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले सुन्दर, सफा र स्वच्छ काठमाडौँ निर्माणका लागि यस्तो अभियान चालिएको जानकारी दिनुभयो । “प्रदूषण जाँच गर्ने निकायले प्रदूषण नै जाँच नगरी स्टिकर दिने प्रचलन बढेको पाइएपछि प्रदूषण जाँचसम्बन्धी अभियान सञ्चालन गरेका हौँ,” उहाँले भन्नुभयो ।

महाशाखाले यसअघि ठूलो आवाज निकालेर सञ्चालन भएका सवारीसाधनमाथि कारबाही अभियान सञ्चालन गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?