माइक्रो बसको ठक्करबाट एकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १६, २०७४
|
|
२५ पटक हेरिएको
Shares
माइक्रो बसको ठक्करबाट एकको मृत्यु

सारांश

  • राजविराज, १६ भदौ ।
  • पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खरचुयामा माइक्रो बसको ठक्करबाट आज दिउँसो एकजनाको मृत्यु भएको छ ।
  • काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बा४ख ६५७२ नंको माइक्रो बसको ठक्करबाट सोही ठाउँ बस्ने २७ वर्षीय बुधेश्वर मण्डलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

राजविराज, १६ भदौ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खरचुयामा माइक्रो बसको ठक्करबाट आज दिउँसो एकजनाको मृत्यु भएको छ ।

काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बा४ख ६५७२ नंको माइक्रो बसको ठक्करबाट सोही ठाउँ बस्ने २७ वर्षीय बुधेश्वर मण्डलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मण्डललाई बाटो काट्ने क्रममा माइक्रो बसले ठक्कर दिएको थियो ।

घटनापछि आक्रोशित स्थानीयवासीले ठक्कर दिने माइक्रोको तोडफोड गर्दै अहिले पूर्व–पश्चिम राजमार्ग सडकखण्ड अवरुद्ध पारेका छन् ।

बाटो खुलाउन इलाका प्रहरी कार्यालय कडरबोनाको टोली त्यहाँ पुगेको जिप्रकाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?