यौनसम्पर्क पछि लेनदेन विवादले तेस्रो लिंगी भुजेलको हत्या

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २१, २०७६
|
|
५० पटक हेरिएको
Shares
यौनसम्पर्क पछि लेनदेन विवादले तेस्रो लिंगी भुजेलको हत्या

सारांश

  • हेटौँडा, २१ माघ ।
  • तेस्रो लिङ्गी अजिता भुजेलको हत्या भएको १८ दिनपछि पाँचजना अभियुक्त सार्वजनिक गरिएका छन् ।
  • घटनामा प्रत्यक्ष संलग्न चारजना र अर्का एक व्यक्तिलाई पक्राउ गरी प्रहरीले घटनाबारे पत्रकार सम्मेलन गरी मंगलबार जानकारी गराएको हो ।

हेटौँडा, २१ माघ । तेस्रो लिङ्गी अजिता भुजेलको हत्या भएको १८ दिनपछि पाँचजना अभियुक्त सार्वजनिक गरिएका छन् । घटनामा प्रत्यक्ष संलग्न चारजना र अर्का एक व्यक्तिलाई पक्राउ गरी प्रहरीले घटनाबारे पत्रकार सम्मेलन गरी मंगलबार जानकारी गराएको हो ।

यसरी भयो हत्या
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी सुशीलसिंह राठौरका अनुसार ३ माघको राति ना ६ क ६५२७ नम्बरको ट्रकका सहचालक सिमोन परियारले साहुलाई समेत नसोधी गाडी हुईक्याएका थिए । मध्यरातमा हिडेका उनले सुशील थापा मगरलाई भेटेका थिए । थाना भर्याङमा यौन सम्पर्क गर्न जाऔं भनी दुवै हिंडेका थिए । उनीहरुले साथीहरु बुद्ध लामा र आशिष बललाई समेत लगे ।साँढे एक बजे उनीहरुले तेस्रो लिङ्गी अजिता भुजेललाई भेटे । भुजेलसँग सात हजारमा यौन सम्पर्कको कुरा मिलाए । चारै जनाले ट्रकको क्याबिनमा यौन सम्पर्क पछि रकमको विषयमा विवाद भएको थियो । एसपी राठौरका अनुसार विवादका क्रममा ट्रकमा रहेको विजुलीको तारले घाँटी कसेर हत्या गरे ।

हत्यापछि ४ माघमा भुजेलको शवलाई क्याम्पाडाँडामा फालिदिए । शव फेला परेपछि प्रहरीले हत्याको अनुसन्धान थाल्यो । तेस्रो लिङ्गीको संस्था निल हीरा समाजलगायतले दबाब बढाए । प्रहरीले शंकास्पद २५० जनासँग सोधपुछ गर्यो ।यसरी हत्यारा पत्ता लाग्यो
प्रहरीका अनुसार हत्यारा पत्ता लगाउन मोबाइल फोन सहयोगी भयो । अजिता भुजेको ओप्पो मोबाइल एलिशा पाख्रिनको हातमा पुगेको जानकारी पायो । नयाँ सिम हालेर एलिशाले मोबाइल चलाइरहेकी थिइन् ।

उनीसँग मोबाइल कसरी फेला पर्यो भनी सोधपुछ गर्दा उनका साथी आशिष बलले दिएको पत्ता लाग्यो । बलसँग बुझ्दा बुद्ध लामाले दिएको भने । लामासँग बुझ्दा सिमोन परियारबाट पाएको भने । परियारसँग सोधपुछका क्रममा हत्या खुलेको एसएपी राठौरले बताए । उनले घटना घटेको वृस्तृत बयान दिएपछि प्रहरीले अनुसन्धानका क्रममा धेरै तथ्यहरु पत्ता लगाएको थियो ।एसपी सुशील राठौरका अनुसार अनुसन्धान अझै जारी रहेको छ । घटनाको कारण यौन र पैसाको विवाद नै देखिएको उनको भनाई छ ।
अनिता भुजेलको मोबाइल लिएकी एलिशा पाख्रिनलाई पनि अनुसन्धानका लागि पक्राउ गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धुर्मुस-सुन्तली फाउण्डेसनलाई भ्रष्टाचार गरेको आरोप लगाउने कर्मचारीहरुको भागाभाग !
धुर्मुस-सुन्तली फाउण्डेसनलाई भ्रष्टाचार गरेको आरोप लगाउने कर्मचारीहरुको भागाभाग !
प्रदेश एकमा २ पदका लागि चुनाव, २४ जना निर्विरोध
नेपाल क्रिकेट संघमाथिको निलम्बन फुकुवा
नेपाल क्रिकेट संघमाथिको निलम्बन फुकुवा
बि.सं.२०७४ साल माघ १ गते सोमवारको राशिफल
बि.सं.२०७४ साल माघ १ गते सोमवारको राशिफल
भ्यालेन्टाइन्स फेसन शोमा दर्जनभन्दा बढि मोडलको क्याटवाक
भ्यालेन्टाइन्स फेसन शोमा दर्जनभन्दा बढि मोडलको क्याटवाक
कर र मूल्यबृद्धिकाे समाधान गर्ने उपायकाे खाेजि भइरहेकाे छ: प्रचण्ड
कर र मूल्यबृद्धिकाे समाधान गर्ने उपायकाे खाेजि भइरहेकाे छ: प्रचण्ड
भाग्य न्यौपाने परे मोटरसाइकल दुर्घटनामा
भाग्य न्यौपाने परे मोटरसाइकल दुर्घटनामा
सिफारिस लेख्दैमा ठिक्क छ वडाध्यक्षहरुलाई
सिफारिस लेख्दैमा ठिक्क छ वडाध्यक्षहरुलाई
भरतपुरमा प्रचण्डपुत्री रेणु दाहाललाई महानगरको मेयर बनाउन  मतपत्र च्यात्नेको थप सम्मान !
भरतपुरमा प्रचण्डपुत्री रेणु दाहाललाई महानगरको मेयर बनाउन मतपत्र च्यात्नेको थप सम्मान !
नेपाल र चीनबीचका २० बुँदे सम्झौता र समझदारीमा क–कसले गरे हस्ताक्षर ?
नेपाल र चीनबीचका २० बुँदे सम्झौता र समझदारीमा क–कसले गरे हस्ताक्षर ?