रेणुलाइ आफ्नै कार्यकर्ताले घरमा थुनेपछि …

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १९, २०७४
|
|
२० पटक हेरिएको
Shares
रेणुलाइ आफ्नै कार्यकर्ताले घरमा थुनेपछि …

सारांश

  • काठमाडौैं ।
  • भारतले लगाएको नाकाबन्दीको बेला कांग्रेस माओवादी एमालेका नेताको घरमा आगो लगाउनेदेखि ढुंगामुढा गर्न तालिम प्राप्त भएका संघीय समाजवादी फोरम नेपालका कार्यकर्ताले आफ्नै उपाध्यक्ष तथा मधेसकी संयोजक रेणु यादवलाई थुनेका छन् ।
  • उनको घरमा ढुंगामुढासमेत गरेका छन् ।

काठमाडौैं । भारतले लगाएको नाकाबन्दीको बेला कांग्रेस माओवादी एमालेका नेताको घरमा आगो लगाउनेदेखि ढुंगामुढा गर्न तालिम प्राप्त भएका संघीय समाजवादी फोरम नेपालका कार्यकर्ताले आफ्नै उपाध्यक्ष तथा मधेसकी संयोजक रेणु यादवलाई थुनेका छन् । उनको घरमा ढुंगामुढासमेत गरेका छन् ।

सप्तरीको राजविराजमा नेतृ यादबलाई आफ्नै कार्यकर्ताले घरभित्र थुनेका हुन् । प्रदेश नं २ मा आगामी असोज २ गते हुन लागेको स्थानीय तहको चुनावको लागि उम्मेदवार छनौटमा अनावश्यक हस्तक्षेप गरेको भन्दै यादवलाई उनकै घरमा कार्यकर्ताले थुनेका हुन् ।

यादवको घर अगाडि बिहानैदेखि कार्यकर्ताले नाराबाजी गरेका थिए भने केही समयअघि घरमा ढुंगामुढा समेत गरेका थिए । बिहान कार्यकर्ताले यादवको घरमा आगजनी गर्ने प्रयास गरेका थिए । कार्यकर्ताले यादवको घरको मूल ढोकामा ताला लगाइदिएका छन् । सडकमा टायरबालेर प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?