खर्च विवरण नबुझाउनेलाई जरिवाना नगर्न अदालतको आदेश

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १५, २०८०
|
|
२५ पटक हेरिएको
Shares
खर्च विवरण नबुझाउनेलाई जरिवाना नगर्न अदालतको आदेश

सारांश

  • काठमाडौं ।
  • उच्च अदालत पाटनले निर्वाचन आयोगलाई खर्च विवरण नबुझाएका उम्मेदवारहरूलाई जरिवाना नगर्न आदेश दिएको छ ।
  • न्यायाधीश ऋषि राम दवाडीको एकल इजलासले आदेश जारी गर्दै तत्काल निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको हो ।

काठमाडौं । उच्च अदालत पाटनले निर्वाचन आयोगलाई खर्च विवरण नबुझाएका उम्मेदवारहरूलाई जरिवाना नगर्न आदेश दिएको छ ।

न्यायाधीश ऋषि राम दवाडीको एकल इजलासले आदेश जारी गर्दै तत्काल निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको हो ।

उच्च अदालत पाटनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ४ जना सांसदहरूले निर्वाचन अयोागविरुद्ध रिट दर्ता गराएका थिए । संघीय सांसदहरू विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सोविता गौतम र गणेश पराजुलीले आयोगविरुद्ध आइतबार रिट निवेदन दर्ता गराएका थिए ।

सो विषयमा दुवै पक्षबीच छलफल गराई अन्तरिम आदेश जारी हुने वा नहुने भन्ने निष्कर्षमा पुग्न उपयुक्त देखिएकाले आगामी साउन २२ गतेका लागि बोलाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?