उत्तरपुस्तिका जाँच्ने शिक्षक नै बेहोस ,के लखेकाे थियाे उत्तरपुस्तिकामा ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २३, २०७५
|
|
२० पटक हेरिएको
Shares
उत्तरपुस्तिका जाँच्ने शिक्षक नै बेहोस ,के लखेकाे थियाे उत्तरपुस्तिकामा ?

सारांश

  • काठमाडौ, २३ वैशाख ।
  • परीक्षामा पास हुनका लागि विद्यार्थीहरुले अनेक उपाय अपनाउँछन् ।
  • परीक्षा पास गर्नको लागि घोटिएर पढ्ने विद्यार्थी धेरै छन् त्यसबाहेक कसैले परीक्षा हलमै चिट लिएर जान्छन् र उत्तर चोर्छन् ।

काठमाडौ, २३ वैशाख । परीक्षामा पास हुनका लागि विद्यार्थीहरुले अनेक उपाय अपनाउँछन् । परीक्षा पास गर्नको लागि घोटिएर पढ्ने विद्यार्थी धेरै छन् त्यसबाहेक कसैले परीक्षा हलमै चिट लिएर जान्छन् र उत्तर चोर्छन् । केहीले भने परीक्षाको उत्तर पुस्तिकामै उत्तर पुस्तिका जाँच्ने शिक्षकलाई पत्र समेत लेख्छन् ।

यस्तै अनौठो घटना सामाजिक संजालबाट सार्वजनिक भएको छ । परीक्षा हलमा आएपछि कुनै उपाय नलागेपछि यी छात्रले यतिसम्म आश्चर्यजनक काम गरेका छन् । यी छात्रले आफ्नो लागि त निकै राम्रो उत्तर लेखे होलान् तर के कोही नयाँ गीत लेख्दैमा पास होला र रु यी छात्रले सुरुदेखि अन्तिमसम्म केवल बलिउडका गीत लेखेका छन् ।

उत्तर पुस्तिकाको अन्त्यमा भने यी छात्रले आफ्नो गरिबीको हवाला दिँदै पास गराइदिन गुहारसमेत मागे । यो कपी परीक्षण गर्ने शिक्षकले यी छात्रको गुहार त मानेनन् बरु यो कापी नै परीक्षा अधिकारीलाई बुझाइदिए । यो उत्तर पुस्तिकाको केही अंश अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । सामाजिक संजालमा यो उत्तर पुस्तिका जाँच्ने शिक्षक नै बेहोस भएको भन्दै फोटो भाइरल भइरहेको छ यद्यपि यो कुराको पुष्टि भने कतैबाट भएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?