प्रदेश नम्बर २ मा सय तहमा विजयी हुन कांग्रेसले सबै संयन्त्रको प्रयोग गर्ने`,

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २३, २०७४
|
|
२९ पटक हेरिएको
Shares
प्रदेश नम्बर २ मा सय तहमा विजयी हुन कांग्रेसले सबै संयन्त्रको प्रयोग गर्ने`,

सारांश

  • प्रदेश नम्बर २ को चुनावमा राम्रो नतिजा निकालेर पार्टीलाई लयमा फर्काउन भन्दै कांग्रेसले यसपटक सरकारमा प्रदेश नम्बर २ बाट तीनजनालाई मन्त्री बनाएको छ ।
  • बाराबाट फरमुल्लाह मन्सुर, धनुषाबाट रामकृष्ण यादव र महेन्द्र यादवलाई मन्त्री बनाएको छ ।
  •                                                                                                                                                                                                          सिरहा,सप्तरी धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा कांग्रेसले यसपटक तीव्र रुपमा चुनावी तयारी गरेको छ ।

प्रदेश नम्बर २ को चुनावमा राम्रो नतिजा निकालेर पार्टीलाई लयमा फर्काउन भन्दै कांग्रेसले यसपटक सरकारमा प्रदेश नम्बर २ बाट तीनजनालाई मन्त्री बनाएको छ । बाराबाट फरमुल्लाह मन्सुर, धनुषाबाट रामकृष्ण यादव र महेन्द्र यादवलाई मन्त्री बनाएको छ ।                                                                                                                                                                                                          सिरहा,सप्तरी धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा कांग्रेसले यसपटक तीव्र रुपमा चुनावी तयारी गरेको छ । यसका लागि प्रचारप्रसारको भरपर्दो व्यवस्थासहित संगठन परिचालनलाई पनि निकै प्राथमिकता दिएको छ । सभापति शेरबहादुर देउवाले तेस्रो चरणको चुनावलाई प्राथमिकतामा राख्दै उम्मेदवार चयन छिटै गर्ने बताउनुभएको छ ।

चुनावलाई केन्द्रित गरेर नेपाली कांग्रेसको प्रदेश नम्बर २ का अगुवा कार्यकर्ताको भेला विहीबार जनकपुरमा भएको छ । चुनावको तयारीका लागि  जनकपुरमा अगुवा कार्यकर्ता भेला गरिएको कांग्रेसले जनाएको छ । भेलालाई पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता विमलेन्द्र निधि लगायतका नेताले संबोधन गरेका थिए । उनीहरु केही दिन त्यहाँ हुने चुनावी कार्यक्रममा सहभागी हुने कांग्रेसले जनाएको छ ।

यसअघि दुई चरणका चुनावमा सोचेजस्तो परिणाम ल्याउन नसकेको कांग्रेसले प्रदेश नम्बर २ को चुनाबमा पहिलो पार्टी बन्ने भन्दै चुनावी अभियानलाई तिव्रता दिएको छ ।

प्रदेश नम्वर २ मा एमालेको पहिलो प्रतिस्पर्धी कांग्रेस

एमालेले प्रदेश नम्बर २ को ७० प्रतिशत स्थानमा कांग्रेससँगै प्रतिस्पर्धा हुने आँकलन गरेको छ । तर पर्सा, सर्लाही, रौतहट, सिरहा, सप्तरी र महोत्तरीका ३० भन्दा बढी स्थानीय तहमा राजपा, संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिक नेपाल मुख्य प्रतिस्पर्धीका रूपमा रहने एमालेको विश्लेषण छ । एमालेले चुनावलाई केन्द्रित गरेर आफना नेताहरुलाई विभिन्न जिल्लामा खटाएको छ । एमालेका महासचिव ईश्वर पोखरेल बारा र धनुषा, प्रचार विभाग प्रमुख योगेश भट्टराई धनुषाको चुनावी कार्यक्रममा खटिनुभएको छ । एमाले सचिव विष्णु पौडेल पर्सामा हुनुहुन्छ भने एमाले नेता घनश्याम भुसाल रौतहट, नेता प्रदीप ज्ञवाली सिरहा र सर्लाही, गोकर्ण विष्ट सिरहा, पृथ्वी सुब्बा गुरुङ महोत्तरी, भीम आचार्य सप्तरीमा खटिनु भएको छ ।

आउँदो असोज २ मा हुने प्रदेश नम्बर २ को स्थानीय तहको चुनावी तयारीका लागि एमाले महासचिव ईश्वर पोखरेलसहितका पदाधिकारी जिल्लामा खटिएका छन् । उनीहरू एक सातादेखि प्रदेश नम्बर २ का आठ जिल्लाका बैठक, भेलालगायतका चुनावी कार्यक्रममा व्यस्त छन् । नेताहरूले जितका लागि सुक्ष्म अध्ययन गरेर प्रतिवेदन तयार गर्ने एमालेले जनाएको छ । त्यसका आधारमा एमालेले चुनावी रणनीति तय गर्नेछ । २ नम्वर प्रदेशका धेरै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको एमालेले जनाएको छ । ,

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?