सँधै जस्तै रोयल्टी पाउनेमा गायिका अञ्जु पन्त र गायक प्रमोद खरेल अग्रस्थानमा
सारांश
- काठमाडौँ ।
- प्रस्तोता समाज नेपालले स्रष्टालाई वितरण गर्दै आएको रोयल्टी पाउनेमा चर्चित गायक प्रमोद खरेल र गायिका अञ्जु पन्त अग्र स्थानमा रहेका छन् ।
- प्रस्तोता समाज नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ५० जना स्रष्टालाई वितरण गरेको रोयल्टी मध्ये सर्वाधिक रोयल्टी पाउनेमा गायिका अञ्जु पन्त शीर्ष स्थानमा छिन् भने गायक खरेल दोस्रो स्थानमा रहेका छन् ।
काठमाडौँ । प्रस्तोता समाज नेपालले स्रष्टालाई वितरण गर्दै आएको रोयल्टी पाउनेमा चर्चित गायक प्रमोद खरेल र गायिका अञ्जु पन्त अग्र स्थानमा रहेका छन् । प्रस्तोता समाज नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ५० जना स्रष्टालाई वितरण गरेको रोयल्टी मध्ये सर्वाधिक रोयल्टी पाउनेमा गायिका अञ्जु पन्त शीर्ष स्थानमा छिन् भने गायक खरेल दोस्रो स्थानमा रहेका छन् । गायिका पन्तले सबैभन्दा धेरै २ लाख ४८ हजार रोयल्टी रकम प्राप्त गर्दा दोस्रो स्थानमा रहेका गायक खरेलले १ लाख ८४ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
समाजले रोयल्टी वितरण गरेको तेस्रो चरणसम्म आइपुग्दा अञ्जु र प्रमोद नै अगाडी पछाडी गरेर शीर्ष स्थानमा रहँदै आएका छन् । त्यस्तै संगीतकार कालि प्रसाद बास्कोटाले पनि पहिलो पटक ८९ हजार रुपैयाँ रोयल्टी रमक हात पारेका छन् ।
सो अवसरमा नेपाली गीत–संगीतको क्षेत्रमा योगदान पुर्याउने चार स्रष्टा तथा एक सञ्चारकर्मीलाई सम्मान गरेको छ । एक समारोहमा समाजले रेडियो नेपालका प्रथम गायक हरिप्रसाद रिमाल, गायक वासुदेव मुनाल, गायक तथा संकलक कृष्णसुधा ढुंगाना एवं गायक मच्छेश्वर सापकोटालाई नगद १० हजार रुपैयाँसहित सम्मान गरेको हो ।
प्रतिक्रिया