उपप्रधानमन्त्री थापाद्वारा मतदान

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०७४
|
|
३९ पटक हेरिएको
Shares
उपप्रधानमन्त्री थापाद्वारा मतदान

सारांश

  • हेटौँडा, २१ मंसिर  उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापाले हेटौँडा उपमहानगरपालिका–६ वंशगोपाल उच्च माविको मतदान केन्द्रमा आज बिहान ७ः४० जाँदा मतदान गर्नुभयो ।
  • सो अवसरमा उहाँले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै वर्तमान संविधानलार्ई जीवन्त राख्न र प्रजातन्त्रको सुदृढीकरण गर्ने क्रममा यो निर्वाचनले महत्वपूर्ण योगदान दिएको बताउनुभयो ।
  • उहाँले राजनीतिक स्थायित्व र दिगोशान्तिका लागि प्रमुख दलहरुको एजेण्डा बन्नुपर्ने दृढता व्यक्त गर्नुभयो ।

हेटौँडा, २१ मंसिर  उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापाले हेटौँडा उपमहानगरपालिका–६ वंशगोपाल उच्च माविको मतदान केन्द्रमा आज बिहान ७ः४० जाँदा मतदान गर्नुभयो ।

सो अवसरमा उहाँले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै वर्तमान संविधानलार्ई जीवन्त राख्न र प्रजातन्त्रको सुदृढीकरण गर्ने क्रममा यो निर्वाचनले महत्वपूर्ण योगदान दिएको बताउनुभयो । उहाँले राजनीतिक स्थायित्व र दिगोशान्तिका लागि प्रमुख दलहरुको एजेण्डा बन्नुपर्ने दृढता व्यक्त गर्नुभयो ।

उपप्रधानमन्त्री थापाले जनताको आर्थिक समृद्धि गर्ने र राष्ट्रलाई बाह्य शक्तिको चलखेलबाट जोगाउन प्रमुख दलले आफ्नो दलगत स्वार्थ त्यागेर राष्ट्रको लागि त्याग गर्नुपर्ने समय आएको बनाउनुभयो ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?