मिथिला संस्कृति ‘दिशा आ दशा’ बिषयक गोष्ठि काठमाडौमा सम्पन्न

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १८, २०७५
|
|
४५ पटक हेरिएको
Shares
मिथिला संस्कृति ‘दिशा आ दशा’ बिषयक गोष्ठि काठमाडौमा सम्पन्न

सारांश

  • काठमाडाै, १८ भदाै ।
  • मिथिला संस्कृति समाज नेपालको आयोजनामा कमलादी स्थित प्रज्ञा भवनमा मिथिला संस्कृतिक ‘दिशा आ दशा विषयक ‘ गोष्ठि सम्पन्न भएको छ।
  • संस्थाका अध्यक्ष विरेन्द्र ठाकुरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख आथित्य रा़ष्ट्रिय जनता पार्टिका अध्यक्ष श्री महन्त ठाकुर ले गरेका थिए ।

काठमाडाै, १८ भदाै ।मिथिला संस्कृति समाज नेपालको आयोजनामा कमलादी स्थित प्रज्ञा भवनमा मिथिला संस्कृतिक ‘दिशा आ दशा विषयक ‘ गोष्ठि सम्पन्न भएको छ। संस्थाका अध्यक्ष विरेन्द्र ठाकुरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख आथित्य रा़ष्ट्रिय जनता पार्टिका अध्यक्ष श्री महन्त ठाकुर ले गरेका थिए ।  मिथिला संस्कृतिको वर्तमान अवस्थाका विषयमा चर्चा गरिएको उक्त कार्यक्रममा मिथिला संस्कृतिको गौरव र महत्वका विषयमा बोल्दै सहभागी वक्ताहरूले मिथिला संस्कृति र समाजको संवद्धन तथा संरक्षणमा जोड दिएका थिए। कार्यक्रमका संयोजक पिताम्वर महत्वले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै मिथिला संस्कृतिको कला,भाषा,संस्कृति,भेषभुषा,साहित्य,परम्परा,चित्रकला,रितिरिवाज आदि लोप हुने अवस्थामा रहेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।  राजा जनक र माता सिता संग जोडिएको एेतिहाँसिक महत्वले मिथिला संस्कृति विश्वभरि प्रचलित भएको छ। विशेष गरी भारत र नेपालमा मिथिला संस्कृतिको राम्रो प्रभाव रहेको कुरा वक्ताहरूले बताएका थिए ।

विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले मिथिला संस्कृति समाजको संरक्षण तथा संवद्धनका लागि सरकारले पनि महत्वपुर्ण भुमिका खेल्नु पर्नेमा जोड दिएका थिए। अथितिको रूपमा रहनु भएका नेपाल सनातन धर्म संस्कृति संगठनका संयोजक श्री पुष्पराज पुरूषले नेपालको मौलिक संस्कार र संस्कृतिको संवद्धन तथा संरक्षणका विषयमा बाेल्दैसबै जना जाग्नु पर्नेमा जोड दिए। उनले आमानै ज्ञानको मुख्य स्रोत भएकोले जव सम्म आमाले भाषा,संस्कृतिको बारेमा सिकेर बच्चा बच्चीलाई सिकाउँदैनन् तव सम्म यो सभ्यता र समाजको विकास हुन नसक्ने बताए । जव सम्म आफ्नो संस्कृति अनुसारको भेषभुषा,रहनसहन,खानपान र बोलीचाली हुदैन तव सम्म कुनै पनि संस्कृतिको संरक्षण नहुने पुरूषले बताएका थिए। उनले नेपालमा भएका सबै संस्कृतिहरूको एकअर्कामा समन्वय हुनु पर्नेमा जोडदिँदै मिथिला संस्कृतिको संरक्षण तथा संवर्धनमा आफ्नो संगठनले सहयोग तथा सहकार्य गर्ने पनि बताएका थिए ।

कार्यक्रमको विचविचामा मिथिला गाएकहरूले विभिन्न मैथलि भजन गाएर कार्यक्रमलाई मनोरन्जनात्मक बनाएका थिए। एेतिहाँसिक धार्मिक,राजनैतिक र आध्यात्मिक महत्व बोकेको मिथिला संस्कृतिको विकासका लागि सबैले पहल गर्नु पर्नेमा वक्ताहरूले बताएका छन।धार्मिक पर्यटनको विकास गर्दै मिथिला संस्कृतिलाई अगाडि बडाउनको लागि सरकारले पनि भुमिका खेल्नु पर्ने, मिथिला संस्कृतिलाई महिलामैत्री बनाउनु पर्नेमा हिन्दु परिषद नेपाल महिलाकि राष्ट्रिय अध्यक्ष सुनिता रौनियारले बताए । प्रमुख अथिति महन्त ठाकुर ज्युले मिथिला संस्सकृतिको इताहाँसले मानव सभ्यताको जीवनशैलीलाई अगाडि बढाउदै ‘बसुदैव कुटुमवकम’को भावना विकास गरेको बताए । उहाँले वेद,उपनिषद र गितामा उल्लेख भएका कुराहरू उदृत गर्दै मिथिला संस्कृति पुरानो भएको पनि बताए । परापुर्वकालमा ऋषिमुनिहरूको त्याग र साधना बाट सनातन देखि चलिआएको मिथिला संस्कृति गौरव गर्न लाएक भएकोले यसको संरक्षण र संवर्दन गर्नु सबैको कर्तव्य भएको उनकाे भनाइ थियाे ।

उहाँले मिथिला संस्कृतिमा हावी हुंदै गएको विकृति र विसंगतिलाई अन्त्य गर्दै मिथिला संस्कृतिको महिमालाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे। संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष विरेन्द्र ठाकुर ज्युले कार्यक्रममा पाल्नु भएका सम्पुर्ण धन्यवाद दिँदै कार्यक्रम समापन भएकाे थियाे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजकाे विदेशी मुद्राको विनिमय दर कस्ताे छ ?
आजकाे विदेशी मुद्राको विनिमय दर कस्ताे छ ?
जनकपुरमा नरेन्द्र माेदीकाे स्वागतमा संघीय सरकारको तर्फबाट रक्षामन्त्री ईश्वर पोख्रेलको मन्तब्य
जनकपुरमा नरेन्द्र माेदीकाे स्वागतमा संघीय सरकारको तर्फबाट रक्षामन्त्री ईश्वर पोख्रेलको मन्तब्य
ताला तोडेर पुनःनिर्माण कार्यालय सञ्चालनमा
ताला तोडेर पुनःनिर्माण कार्यालय सञ्चालनमा
आइपीएल: चेन्नईको लगातार तेस्रो हार
आइपीएल: चेन्नईको लगातार तेस्रो हार
ओलीसँग किन भए प्रचण्ड सशंकित!
टिकापुर घटनाका मुख्य योजनाकार एवं फरार चौधरीको अनपेक्षित नतिजा
टिकापुर घटनाका मुख्य योजनाकार एवं फरार चौधरीको अनपेक्षित नतिजा
छक्का पन्जा ३ काे पहिलाे गित सार्वजनिक !
छक्का पन्जा ३ काे पहिलाे गित सार्वजनिक !
नावालिग गायिकाले पलविरुद्ध बलात्कारको बयान फेरिन्
नावालिग गायिकाले पलविरुद्ध बलात्कारको बयान फेरिन्
बिहे गर्न नमानेको भन्दै युवतीमाथि तातो घिऊ आँखामा !
बिहे गर्न नमानेको भन्दै युवतीमाथि तातो घिऊ आँखामा !
तेस्रो ओएस नेपाल म्यूजिक अवार्डको नोमिनेसनमा परेका श्रष्टालाई प्रमाणपत्र वितरण, ट्याक्सीमाण्डु ट्राभल पार्टनर
तेस्रो ओएस नेपाल म्यूजिक अवार्डको नोमिनेसनमा परेका श्रष्टालाई प्रमाणपत्र वितरण, ट्याक्सीमाण्डु ट्राभल पार्टनर