रामपुर नगरपालिकाको बजेट ४९ करोड

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २६, २०७४
|
|
२१ पटक हेरिएको
Shares
रामपुर नगरपालिकाको बजेट ४९ करोड

सारांश

  • रामपुर (पाल्पा), २६ भदौ ।
  • रामपुर नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ को बजेट सार्वजनिक गरेको छ ।
  • नगरप्रमुख रमणबहादुर थापाले कूल रु ४९ करोड ६६ लाख ७१ हजार बजेट सार्वजनिक गर्नुभएको हो ।

रामपुर (पाल्पा), २६ भदौ । रामपुर नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ को बजेट सार्वजनिक गरेको छ ।

नगरप्रमुख रमणबहादुर थापाले कूल रु ४९ करोड ६६ लाख ७१ हजार बजेट सार्वजनिक गर्नुभएको हो । नगर प्रमुख थापाले भवन निर्माणमा रु दुई करोड, फर्निचर खरिदतर्फ रु ३५ लाख, मेसिनरी उपकरणतर्फ रु एक करोड र नगरस्तरीय योजना तथा कार्यक्रमका लागि रु सात करोड ६२ लाख ५० हजार रकम विनियोजन गरिएको बताउनुभयो ।

यस्तै वडास्तरीय योजना तथा कार्यक्रमका लागि रु तीन करोड २५ लाख, आन्तरिक आय वृद्धिका लागि व्यापारिक भवन÷ट्रस निर्माणका लागि रु दुई करोड, विपद् व्यवस्थापन तथा मर्मत सम्भारतर्फ रु ६५ लाख र समपूरक कोषका लागि रु दुई करोड १५ लाख १७ हजार, विषयगत कार्यक्रमतर्फ रु १७ करोड ५५ लाख ९१ हजार, सामाजिक सुरक्षातर्फ रु पाँच करोड र गत आवको बाँकी योजनाको भुक्तानी रु दुई करोड १२ लाख १२ हजार बजेट सार्वजनिक गरिएको नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले बताउनुभयो ।

पूर्वखोलाको बजेट ३० करोड

पूर्वखोला गाउँपालिकाको प्रथम गाउँसभाले आर्थिक वर्ष २०७४÷७५ को बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले रु ३० करोड ८३ लाख ६२ हजार बराबरको बजेट प्रस्तुत गर्नुभएको हो ।

गाउँपालिका अध्यक्ष थापाका अनुसार सडकतर्फ रु छ करोड २९ लाख १५ हजार, खानेपानीतर्फ रु ८६ लाख ८५ हजार, शिक्षातर्फ रु ६५ लाख ८० हजार, स्वास्थ्यतर्फ रु ६८ लाख ५१ हजार र सिँचाइतर्फ रु २५ लाख २० हजार रकम विनियोजन गरिएको छ । कार्यक्रममा गाउँपालिकाका छवटै वडाका वडाध्यक्षलगायतको सहभागिता रहेको थियो । गाउँसभाले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र सिँचाइलाई जोड दिएको कार्यकारी अधिकृत हरि पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?