स्ववियु निर्वाचनमा ५० प्रतिशत महिला सहभागी गराउन माग

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २, २०७९
|
|
२६ पटक हेरिएको
Shares
स्ववियु निर्वाचनमा ५० प्रतिशत महिला सहभागी गराउन माग

सारांश

  • काठमाडौं ।
  • नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय ९त्रिवि०को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)निर्वाचनमा ५० प्रतिशत महिला सहभागी गराउन माग गरेको छ ।
  • आज अनेरास्ववियुका महासचिव आरती लामाले त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीसमक्ष ज्ञापनपत्र बुझाउँदै ५० प्रतिशत महिला सहभागी गराउन माग गरेका हुन् ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय ९त्रिवि०को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)निर्वाचनमा ५० प्रतिशत महिला सहभागी गराउन माग गरेको छ ।

आज अनेरास्ववियुका महासचिव आरती लामाले त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीसमक्ष ज्ञापनपत्र बुझाउँदै ५० प्रतिशत महिला सहभागी गराउन माग गरेका हुन् । ज्ञापनपत्रमा संविधानले हरेक क्षेत्रमा महिला सहभागिता ३३ प्रतिशत सुनिश्चित गरेको उल्लेख गर्दै स्ववियु निर्वाचनमा ५० प्रतिशत महिला अनिवार्य सहभागी गराउन भनिएको छ ।

त्रिविले आगामी चैत ५ गते त्रिविका देशभरका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुँदैछ । त्रिविमा २८ वर्ष उमेरहद र मिश्रित निर्वाचन प्रणालीमा निर्वाचन गरिन थालिएको हो । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?