नेकपाको संसदीय दलको उपनेतामा सुवास नेम्वाङ, राष्ट्रियसभाको दीनानाथ नेता
सारांश
- काठमाडौँ, १७ जेठ – नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको उपनेतामा पूर्वसभामुख सुवास नेम्वाङ चयन भएका छन् ।
- हिजो बसेको दलको बैठकले उपनेतामा नेम्वाङसहित प्रमुख सचेतकमा देवप्रसाद गुरुङ, सचेतकमा शान्ता चौधरीलाई चयन गरेको हो ।
- दलका नेता एवं पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा सम्पन्न बैठकले जिम्मेवारी तोकेको हो ।
काठमाडौँ, १७ जेठ – नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको उपनेतामा पूर्वसभामुख सुवास नेम्वाङ चयन भएका छन् । हिजो बसेको दलको बैठकले उपनेतामा नेम्वाङसहित प्रमुख सचेतकमा देवप्रसाद गुरुङ, सचेतकमा शान्ता चौधरीलाई चयन गरेको हो ।
दलका नेता एवं पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा सम्पन्न बैठकले जिम्मेवारी तोकेको हो ।
पार्टी एकतापछि संसदीय दलभित्रको जिम्मेवारी हेरफेर र समायोजन गरिएको हो । यसैगरी नेकपाको राष्ट्रियसभा संसदीय दलको नेतामा दीनानाथ शर्मालाई चयन गरिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया