प्रतिनिधिसभा बैठक : जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २०, २०७६
|
|
३० पटक हेरिएको
Shares
प्रतिनिधिसभा बैठक : जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

सारांश

  • काठमाडौं।
  • सांसदहरुले समसामयिक विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
  • प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले क्षेत्रगत र समसामयिक विषयमा सम्बन्धीत निकायको ध्यानाकर्षण गराएका हुन्।

काठमाडौं। सांसदहरुले समसामयिक विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले क्षेत्रगत र समसामयिक विषयमा सम्बन्धीत निकायको ध्यानाकर्षण गराएका हुन्। सांसद डिला संग्रौला पन्तले बैदेशिक रोजगारीको गन्तव्य मुलुक मलेसिया जान रोक लगाउँदा लाखौ युवाहरु अलपत्र परेको भन्दै श्रम तथा रोजगार मन्त्रीको गम्भीर ध्यानाकर्षण गराइन्। सांसद दिलेन्द्र प्रसाद बडूले दार्चुलामा जेठ ११ गते राती भएको सांघातिक हमलामा श्रीमान् श्रीमती विरमान र द्रौपती महरको मृत्यु भएको तथा सो घटनामा संलग्न दोषी अहिले सम्म पत्ता लाग्न नसकेको तर्फ सरकारको ध्यानाकर्षण गराए। सांसद देवप्रसाद गुरुङले नेपालस्थित अन्य विदेशी भोलेन्टियरका लागि एक बर्षको र अमेरिकन भोेलेन्टियरका लागि २ बर्षको भिषाको व्यवस्था गरिएको भन्दै सबै विदेशीलाई समान नीति व्यवहार गर्न सरकारको ध्यानाकर्षण गराए। सांसद पदमनारायण चौधरीले लाहान नगरपालिकामा बर्षौ अघि सुरु भएको नगरविकास योजना राजनीतिकरणमा परि अहिले सम्म सम्पन्न हुन नसकेको भन्दै त्यस तर्फ सरकारको ध्यानाकर्षण गराए।

सांसद पार्वती डिसी चौधरीले सुर्खेतमा सामाजिक अभियन्ता ज्ञानेन्द्र बहादुर शाहीलाई सार्वजनिक समारोहमा बोल्दै गर्दा प्रहरीले नियन्त्रणमा लिएर यातना दिने काम गरेको भन्दै अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभुति का साथै शान्ति सुरक्षाको व्यवस्था गर्न सरकारसंग माग गरिन्।
सांसद नवराज सिलवालले कलंकी–कोटेश्वर सडक खण्ड सवारी दुर्घटनाको उच्च जोखिममा रहेको भन्दै सवारी दुर्घटना कम गर्ने गरि प्रभावकारी ट्राफिक व्यवस्था मिलाउन गृहमन्त्रालयको ध्यानाकर्षण गराए। सांसद पुर्णाकुमारी सुवेदीले १२ बर्ष अघि सुरु गरिएको बाँकेको साप्ती सोनाली क्षेत्र अन्र्तगतको ग्रामिण विद्युतिय आयोजना अहिले सम्म पनि सम्पन्न हुन नसकेको तर्फ सम्बन्धीत निकायको ध्यानाकर्षण गराइन्। सांसद प्रकाश रसाईली स्नेहीले धर्म प्रचारकको रुपमा चिनिदै आएको दक्षिण कोरियाको काङनाङ विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबीचको सम्झौता र काङनाङ विश्वविद्यालयले प्रधानमन्त्रीलाई दिएको विद्यावारिधीको उपाधीबारे सरकारको आधिकारीक धारणा माग गरे।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?