लगानी कर्ताले ४० हजार तिर्छन तर बिष्णु माँझीको मुख देख्न पाउदैनन् ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ३०, २०७४
|
|
१७ पटक हेरिएको
Shares
लगानी कर्ताले ४० हजार तिर्छन तर बिष्णु माँझीको मुख देख्न पाउदैनन् ?

सारांश

  • काठमाडौ, २९ भदौ ।
  • कुनै बेला सांगीतीक क्षेत्रमा बिष्णु माझीको आगमन हुँदा निक्कै हलचल भयो ।
  • उनले स्वर दिएका हजारौ गीतले चर्चाको सिखर चुमे ।

काठमाडौ, २९ भदौ । कुनै बेला सांगीतीक क्षेत्रमा बिष्णु माझीको आगमन हुँदा निक्कै हलचल भयो । उनले स्वर दिएका हजारौ गीतले चर्चाको सिखर चुमे । दर्शक कमाए ।

स्याङ्जा चापाकोट नगरपालिका रत्नपुर दामाचौर नजिकै माडीमा जन्मिएकी लोक दोहोरी क्षेत्रमा एउटा नमुनाका रूपमा उदय भएकी अत्यन्तै मिठो स्वरकी धनी विष्णु माझीको बारेमा अहिले अनेकौं प्रसङ्गहरु जोडिएको देखिन्छ भने सर्वत्र गायिका विष्णु माझिलाई सार्वजनिक गर्न जोडदार माग उठ्न थालेका छन् ।

तर बिडम्बना उनीसँगै यस लोक तथा दोहोरी क्षेत्रमा भित्रिएकी गायिकाहरुको स्थिति कहाँ छन्? के गर्दैछन् भन्ने बारेमा थाह पाउनको लागि समाचार नै बनाउँनुपर्छ । नत्र सम्भव छैन् ।

आज उनिहरु गाउँमा छिन् । घरबार चलाईरहेकी छिन् । अक्कल झुक्कल गीत गाउछन् । कहिले कही कार्यक्रममा पनि हिड्छन् । उनिहरुका विरलै गीत सुन्न पाईन्छ । तर विष्णु माझिका प्रत्येक दिन एक न एक गीत बजारमा आईरहेका छन् भन्ने कुरामा धेरैको विमति नहोला ।

चर्चित गायिका बिमा दुरा, शर्मिला गुरुङ, लक्ष्मि न्यौपाने, त्यस पछि राधिका हमाल, देवि घर्ती, मुना थापा लगायत नामहरु केही नाम उनि भन्दा पछि र कुनै नाम उनि भन्दा पहिले सुनिएका नाम हुने भने केही नामहरु उनिसँग जोडिएर आउने नाम हुन।

माथि उल्लेखित नामहरु आजको दिनमा संसारमा छरिएर रहेका नेपाली दर्शकको बीचमा दोहोरिएर कार्यक्रममा उपस्थिति जनाई सकेका नाम पनि हुन।

केही बर्ष देखि गायिका विष्णु माझी श्रीमान सुन्दरमणी अधिकारीले नजर बन्दमा छन भनेर हल्ला गरिदैछ । आजभोलि गायिका विष्णु माझिको नामलाई विस्तारै नजर बन्द र ४० हजारको उपमा दिन थालिएको छ । उनले एउटा लोक दोहोरी गीत गाएको ४० हजार रुपैया लिन्छन् भन्ने गरिन्छ । एक वर्ष पहिले मात्रै २० हजार, ३० हजार यस्तै सुनिथ्यो ।

जुन नेपाली गीत संगीतको इतिहासमा एउटा गीत स्टुडियोमा गाएको भरमा ४० हजार अहिलेसम्म कुनै पनि गायिकाले लिने गरेका छैनन् ।
४० हजार लिनुलाई अच्चम्म मान्नुपर्ने कारण मैले चाँही देख्दीन । किन की परिश्रम गरे वापत यति लिन्छु भन्न पाउने हर कोहीमा यो अधिकार छ र हुन्छ पनि ।

यहाँ अच्चम्म लाग्ने कुरा फरक छ । जुन कुरालाई सम्झिदा अन्याय पनि लाग्छ सक्छ । आन्तरिक तथा सत्य के हो भन्ने कुरा थाह नपाई अन्याय मान्नुपर्ने कारण कम देख्छु।

गायिका विष्ण माझिलाई गीत गाउनको लागि ४० हजार तिरेर पनि सर्जक र लगानी कर्ताले उनको मुख देख्न पाऊँदैनन् । यो कुरा सुन्दा अच्चम्म लाग्ला ।

आखिर सत्य यहि हो । स्टुडियोमा गायिका विष्णु आईपुगेको खण्डमा रेकर्डिङ भित्र गीतको सम्बन्धित बाहेक अरु कोही बस्न पाउँदैन । त्यति मात्रै होईन रेर्कडिस्टले समेत विष्णुलाई देख्न पाउँदैनन् । स्टुडियोको सिसामा कालो पर्दा हालिन्छ अनिमात्रै गाउन लगाईन्छ ।

(https://caborealestateservices.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?