आज प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन : १ करोड ७९ लाख मतदाता

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर ४, २०७९
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयन गर्न आज मतदान हुँदैछ।
  • निर्वाचन आयोगका अनुसार बिहान ७ बजेबाट साँझ ५ बजेसम्म देशैभर एकसाथ मतदान हुनेछ।

काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयन गर्न आज मतदान हुँदैछ। निर्वाचन आयोगका अनुसार बिहान ७ बजेबाट साँझ ५ बजेसम्म देशैभर एकसाथ मतदान हुनेछ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ‘नेपालको संविधानले प्रत्याभूत गरेको जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणाली, जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, मौलिक हक, बालिग मताधिकार, आवधिक निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा हुन गइरहेको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आवश्यक पर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको’ बताएका छन्।

उनले ऐतिहासिक अवसरमा निर्वाचनमा भाग लिई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान पनि गरेका छन्। देशभर १० हजार ८ सय ९२ मतदानस्थल छन् भने २२ हजार २ सय २७ केन्द्रबाट मतदान गर्नेछन्। ती मतदान केन्द्रबाट १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले मतदान गर्न पाउनेछन्।

त्यसबाहेक समानुपातिकतर्फका लागि अस्थायी मतदाताका लागि १ सय ४१ अस्थायी मतदान केन्द्र कायम गरिएको छ। ४ लाख ५० हजार अस्थायी मतदाता छन्। प्रतिनिधिसभा निर्वाचनका लागि २ हजार ४ सय १२ र प्रदेशसभाका लागि ३ हजार २ सय २४ जना उम्मेदवार चुनावी मैदानमा छन्।

चुनावबाट प्रतिनिधिसभाका २७५ सदस्य र प्रदेश सभाका ५५० सदस्य चयन हुनेछन्। प्रतिनिधिसभाका लागि १६५ जना प्रत्यक्ष र ११० जना समानुपातिक प्रणालीबाट चयन हुनेछन् भने सात वटा प्रदेशसभाका लागि प्रत्यक्षतर्फ ३३० जना र समानुपातिकतर्फ २२० जना निर्वाचित हुनेछन्।

चुनावका लागि गृहमन्त्रालयले शनिबार मध्यरातिबाट यातायात बन्द गरिसकेको छ। तर, मतदानका दिन अत्यावश्यक सेवाको लागि सञ्चालन हुने तथा सञ्चारकर्मी, पर्यवेक्षक, अनुगमनकर्तालगायतका सवारी साधनलाई अनुमति लिनु नपर्ने व्यवस्था गरिएको छ। त्यसबाहेक सवारी पास लिएका सवारीसाधन र अत्यावश्यक सेवाका सवारीसाधन सञ्चालन हुनेछन्।

आयोगबाट स्वीकृत मापदण्डबमोजिम निर्वाचनको स्वच्छता र स्वतन्त्रतामा प्रतिकूल असर नपर्ने गरी यातायातको व्यवस्थित सञ्चालन तथा सवारी आवागमनको उपयुक्त प्रबन्ध मिलाउन सम्बन्धित प्रमुख जिल्ला अधिकारी तथा अन्य तोकएका अधिकारीलाई निर्देशन दिइसकिएको छ।
सरकारले आज र भोलि देशभर सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Cont Binance gratuit

    Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?