टीभीमा फेरि अर्को काण्ड, कार्यक्रममै हात हालाहाल !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ३१, २०७६
|
|
३० पटक हेरिएको
Shares
टीभीमा फेरि अर्को काण्ड, कार्यक्रममै हात हालाहाल !

सारांश

  • लाग्छ यतिबेला नेपाली टेलिभिजनहरुको दिन खराब रुपमा चलिरहेको छ ।
  • हरेक दिन जसो नेपाली टेलिभिजनमा बेतुकका बखेडाहरु हुँदै आइरहेका छन् ।
  • केही दिन अघि प्राइम टेलिभिजनमा सत्तारुढ दल र प्रतिपक्षी दलका नेताहरुबीच अभद्र शैलीमा भएको बाझाबाझको काण्ड सेलाउन नपाउँदै फेरि अर्को काण्ड दोहोरिएको छ ।

लाग्छ यतिबेला नेपाली टेलिभिजनहरुको दिन खराब रुपमा चलिरहेको छ । हरेक दिन जसो नेपाली टेलिभिजनमा बेतुकका बखेडाहरु हुँदै आइरहेका छन् । केही दिन अघि प्राइम टेलिभिजनमा सत्तारुढ दल र प्रतिपक्षी दलका नेताहरुबीच अभद्र शैलीमा भएको बाझाबाझको काण्ड सेलाउन नपाउँदै फेरि अर्को काण्ड दोहोरिएको छ । प्राईम टाईम्स टेलिभिजनमा “जनता जान्न चाहन्छन्” कार्यक्रमको लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेकपाका नेता सुमनराज प्याकुरेल र नेपाली कांग्रेसका नेता महेन्द्र यादवबीच बाझाबाझपछि हात हालाहालको स्थिति सिर्जना भएको छ । जनमतसंग्रह सहित नेकपाको विरोधमा यादब बोलेपछि वादविवाद हुँदा यी दुई नेताबीच हात हालाहालकै स्थितिमा आएको थियो ।

यसअघि प्राइम टिभीबाट प्रशारण भएको धमलाको कार्यक्रममा नेकपाका सत्यनारायण मण्डल र कांग्रेसका रामकृष्ण यादवबीच हात हालाहाल मात्रै होइन, दुवै नेताले अभद्र बोली समेत बोलेका थिए । संयोग कस्तो भने यस अघिको अन्तर्वार्तामा मण्डल सप्तरीका सांसद थिए भने रामकृष्ण यादव धनुषाका नेता हुन् । सोमबारको कार्यक्रममा प्याकुरेल सप्तरीबाट प्रतिनिधित्व गर्छन् भने महेन्द्र यादव धनुषाबाट । मण्डल र प्याकुरेल सांसद हुन् । तर, कांग्रेसका नेताद्धय रामकृष्ण र महेन्द्र यसपटकको निर्वाचनमा पराजित भएका थिए । तर, दुवै नेता मन्त्री भइसकेका नेता हुन् । हुन त मण्डल पनि मन्त्री भैसकेका नेता हुन् ।

यस्तै काण्डैकाण्डको लहरमा एभिन्यूज खबर पनि मुछियो । आइतबार सकस राजनीति नाम राखिएको एउटा कार्यक्रममा कार्यक्रम सञ्चालक सुशील पाण्डेले अभद्र व्यवहार गरेको भन्दै कार्यक्रमका अतिथि उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले कार्यक्रम नै बहिस्कार गरेर माइक फालेर हिडे । कार्यक्रम सञ्चालक पाण्डेले यादवलाई उनको नवगठित पार्टी र सरकार मुछिएको भष्टाचारको विषयमा प्रश्न गर्दा सञ्चालकको प्रश्न गर्ने शैली ठाडो र अभद्र भएको भन्दै यादव रन्किएका थिए ।

यो विषयले हिजो सोमबार दिनभर जसो नै सामाजिक सञ्जाल तरंगीत बन्यो । देशव्यापी रुपमा यो विषयको पक्ष र विपक्षमा सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्ना धारणा राखे । अधिकांसले पत्रकारको प्रश्न गर्ने शैली ठीक नभएको प्रतिक्रिया दिए । उता एभिन्यूज खबरको वीरगंजमा रहेको शाखा कार्यालयमा तोडफोड पनि भयो । त्यस्तै प्रेस काउन्सिल नेपालले समाजवादी पार्टी नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग लिइएको अन्तर्वार्ताका क्रममा प्रयोग गरिएका भाषाशैली र शब्द चयनका विषयलाई लिएर एभिन्युज टेलिभिजनसँग स्पष्टीकरण सोधेकोे छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?