निर्वाचन अब कसैले रोक्न सक्दैन : मन्त्री थापा

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २, २०७४
|
|
२५ पटक हेरिएको
Shares
निर्वाचन अब कसैले रोक्न सक्दैन : मन्त्री थापा

सारांश

  • पोखरा  ।
  •  कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अब कसैले पनि रोक्न नसक्ने बताउनुभएको छ ।
  • पोखरा–लेखनाथ नगर होटल रेष्टुरेन्ट तथा बार एशोसिएशन ( सिटी रेवान) पोखराले प्रदर्शनी केन्द्रमा आजदेखि सञ्चालन गरेको छैठौँं सिटी रेवान महोत्सव तथा खाद्य मेलाको उद्घाटन गर्दै यी दुई निर्वाचन सम्बन्धी कानून बनाएर निर्वाचन आयोगलाई दिइसकिएकाले निर्वाचन सुनिश्चित जस्तै भएको धारणा राख्नुभयो ।

पोखरा  । कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अब कसैले पनि रोक्न नसक्ने बताउनुभएको छ ।

पोखरा–लेखनाथ नगर होटल रेष्टुरेन्ट तथा बार एशोसिएशन ( सिटी रेवान) पोखराले प्रदर्शनी केन्द्रमा आजदेखि सञ्चालन गरेको छैठौँं सिटी रेवान महोत्सव तथा खाद्य मेलाको उद्घाटन गर्दै यी दुई निर्वाचन सम्बन्धी कानून बनाएर निर्वाचन आयोगलाई दिइसकिएकाले निर्वाचन सुनिश्चित जस्तै भएको धारणा राख्नुभयो ।

मन्त्री थापाले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि राष्ट्रपति, उप–राष्ट्रपति र राष्ट्रिय सभाका अध्यक्षको निर्वाचन हुने भएकोले कानून मन्त्रालयले यिनीहरुको निर्वाचन सम्बन्धी कानून बनाउनेतिर ध्यान दिएको बताउनुभयो । पोखरा सुन्दर र प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय नगर भएको उल्लेख गर्दै उहाँले नगर रेष्टुरेन्टले स्वादिष्ट र स्वस्थ्यकर खानाका परिकार खुवाएर विदेशी पाहुनालाई सधँै आउँ÷आउँ जस्तो पार्नुपर्नेमा जोड दिनुभयो ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले पोखरामा हुने गरेका मेला र महोत्सवले स्थानीयस्तरमा उत्पादन भएका वस्तुको बजारीकरणमा टेवा पुग्ने विश्वास व्यक्तगर्नुभयो ।

सिटी रेवान पोखराका कार्यबाहक अध्यक्ष दीपक तिमिल्सिनाको अध्यक्षतामा भएको सो कार्यक्रममा उप–क्षेत्रीय प्रशासक झलकराम सुवेदी, पूर्व अध्यक्ष चिरन्जीवी श्रेष्ठ, केपी शर्मा पाध्य, (एमाले)का सचिव दामोदर बैरागी, उपभोक्तामञ्चका अध्यक्ष कपिल कोइराला र गायक पुरुषोत्तम न्यौपाने लगायतका वक्ताले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

असोज ११ गतेसम्म सञ्चालन हुने सो महोत्सवमा उपभोक्तालाई आवश्यक दैनिक उपभोग्य वस्तुलगायत खसी बोका र च्यांग्राको बिक्री वितरण गरिने छ । महोत्सवमा राष्ट्रियस्तरका कलाकारद्वारा दोहोरी गीत, गृहिणी एकल नृत्य, रत्यौली गीत, ढिडो खाने र भाले छोप्नेजस्ता प्रतियोगिता गरिने छ । महोत्सवमा १२५ वटा कक्ष राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समानुपातिकतर्फ ६० जिल्लाको मतगणना समाप्त
समानुपातिकतर्फ ६० जिल्लाको मतगणना समाप्त
The Good, The Bad and Hot Overseas Women
भारतमा फेरि अर्को बाबा काण्ड, बाबाजीको अश्लिल भिडियो सार्वजनिक
भारतमा फेरि अर्को बाबा काण्ड, बाबाजीको अश्लिल भिडियो सार्वजनिक
देशैभरी डेंगु संक्रमितकाे संख्या बढ्याे, सतर्कता अपनाउन मन्त्रालयकाे अनुराेध
देशैभरी डेंगु संक्रमितकाे संख्या बढ्याे, सतर्कता अपनाउन मन्त्रालयकाे अनुराेध
सरकारको एक वर्ष : पर्यटनमा जागेको आशा
सरकारको एक वर्ष : पर्यटनमा जागेको आशा
योजनाका काम समयमै सम्पन्न गर्न निर्देशन
योजनाका काम समयमै सम्पन्न गर्न निर्देशन
३३ किलाे सुन प्रकरण: प्रविण अग्रवाल पक्राउ
मापदण्ड विपरित गिट्टी बालुवा उत्खनन गरिरहेको अवस्थामा जेसिवी र ट्याक्टर नियन्त्रणमा
मापदण्ड विपरित गिट्टी बालुवा उत्खनन गरिरहेको अवस्थामा जेसिवी र ट्याक्टर नियन्त्रणमा
प्रतिबन्धित ५०० र १००० का नोटहरुमा राखिएको सुरक्षा वायरलाई नक्कली नोटमा लगाएर नयाँ बनाइदै तस्कर !
प्रतिबन्धित ५०० र १००० का नोटहरुमा राखिएको सुरक्षा वायरलाई नक्कली नोटमा लगाएर नयाँ बनाइदै तस्कर !
हिमालयन शेर्पा साँस्कृतिक केन्द्रको बेल्जियम शाखा विस्तार
हिमालयन शेर्पा साँस्कृतिक केन्द्रको बेल्जियम शाखा विस्तार

तपाईंले छुटाउनुभयो कि?