३३ किलाे सुन प्रकरण: प्रविण अग्रवाल पक्राउ
सारांश
- सुन तस्करी र सनम शाक्य हत्या प्रकरणकाे अनुसन्धान गरिरहेकाे सरकारी समितिले अकबर शाह र डब्बु भन्ने इम्तियाज अन्सारीका साझेदार प्रविण अग्रवाललाई पक्राउ गरेकाे छ।
- सुन तस्करी र हुण्डीको कारोबारमा संलग्न अग्रवाल वीरगञ्जका व्यवसायी सञ्जय खेतानको नाममा भुजुङ र डेविटसँग मिलेर काम गरिरहेका थिए।
- पक्राउ परेका अग्रवाल वीरगञ्जका व्यवसायी खेतान नभएको समिति स्रोतले जनाएको हो।
सुन तस्करी र सनम शाक्य हत्या प्रकरणकाे अनुसन्धान गरिरहेकाे सरकारी समितिले अकबर शाह र डब्बु भन्ने इम्तियाज अन्सारीका साझेदार प्रविण अग्रवाललाई पक्राउ गरेकाे छ।
सुन तस्करी र हुण्डीको कारोबारमा संलग्न अग्रवाल वीरगञ्जका व्यवसायी सञ्जय खेतानको नाममा भुजुङ र डेविटसँग मिलेर काम गरिरहेका थिए।
पक्राउ परेका अग्रवाल वीरगञ्जका व्यवसायी खेतान नभएको समिति स्रोतले जनाएको हो। अग्रवाल काटमाडौंमा बसेर सुन भारत तस्करीमा संलग्न थिए।
‘उनको नाम समेत सञ्जय खेतान नभई प्रविण अग्रवाल भएको खुलेको छ’ गौशाला वृत्त पठाएका छौं,’समितीका एक सदस्यले भने।
अनुसन्धान टोलीले असार ८ गते अकबर शाहलाई पक्राउ गरेको थियो। ठेकेदार मकबुल शाहका छोरा अकबरको दुबईमा रहेका माफियासँग सम्पर्क देखिएको स्रोतकाे दाबी छ। अकबर गोली हानी हत्या गरिएका सञ्चार उद्दमी जमिम शाहका भतिजा हुन्।
समितिको अनुसन्धानले सुन तस्करी र हुण्डीको कारोबार एकअर्कासँग जोडिएर हुने गरेको देखाएको छ। टोलीले गत मंगलबार कुख्यात हुण्डी कारोबारी विमल पोद्दारलार्इ पक्राउ गरेको थियो। उनी व्यवसायी दीपक मल्होत्राका व्यापारिक साझेदार हुन्। प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलसँगै मल्होत्रा अहिले चीनमा छन्।
काठमाडौंका केही प्रतिष्ठित व्यवसायीका अदृश्य साझेदार रहेका पोद्दार यसअघि समेत विदेशी मुद्रा र सुन तस्करी प्रकरणमा जोडिँदै आएका थिए। उनी पहिलो पटक पक्राउ परी अनुसन्धान दायरामा परेका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २०६९ मा विदेश जान लागेको १ करोड २४ लाख विदेशी मुद्रा बरामद भएपछि सो काण्डमा मुछिएका पोद्दार त्यसबेला जोगिन सफल भएका थिए। प्रहरीका बहालवाला एसएसपी रबिराज श्रेष्ठ बर्खास्त भएको सो घटनामा पक्राउ परेका असई हिराकाजी कुमालले पोद्दारको धन्दाबारे खुलाएका थिए। तर त्यतिबेला उनी पक्राउ परेनन्।
कुमालले तत्कालीन विमानस्थल प्रमुख रहेका डिआईजी विज्ञानराज शर्मासहितका प्रहरी अधिकारीको सम्पर्क पोद्दारसँग रहेको र उनीमार्फत विदेशी मुद्रा बाहिर जाने र सुन भित्रने खुलासा गरेका थिए।
इन्टरपोलबाट रेड नोटिस
सुन तस्करीका मुख्य लगानीकर्ता मानिएका एमके मामा भन्ने मोहनकुमार अग्रवाल भने घटना अनुसन्धान सुरु भएयता फरार छन्। धरान(३, सुनसरीका स्थायी बासिन्दा अग्रवाल पक्राउ गर्न इन्टरपोलमार्फत रेड नोटिस जारी गरीएको छ। एमकेसहित उक्त काण्डका चार प्रतिवादीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन ९इन्टरपोल० मा रेड नोटिस जारी गरिएको हो। चुडामणि उप्रेती गोरेका भाई रमेश उप्रेती, बेनु श्रेष्ठ र हरिशरण खड्का बिरुद्ध रेड नोटिस जारी गरेको हो।
प्रतिक्रिया