प्रतिबन्धित ५०० र १००० का नोटहरुमा राखिएको सुरक्षा वायरलाई नक्कली नोटमा लगाएर नयाँ बनाइदै तस्कर !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ३१, २०७५
|
|
३७ पटक हेरिएको
Shares
प्रतिबन्धित ५०० र १००० का नोटहरुमा राखिएको सुरक्षा वायरलाई नक्कली नोटमा लगाएर नयाँ बनाइदै तस्कर !

सारांश

  • काठमाडौं, ३१ जेठ ।
  • भारतमा प्रतिबन्धित ५०० र १००० का नोटहरु नेपालको बाटो हुँदै पाकिस्तान पुग्ने गरेको भारतीय गुप्तचर संस्थाले आरोप लगाएको छ ।
  • पाकिस्तानी गुप्तचर संस्था आईएसआईले नेपालबाट खरिद गरेको उक्त प्रतिवन्धित नोट पाकिस्तानको दुई प्रिन्टिङ प्रेसमा पुग्ने गरेको छ ।

काठमाडौं, ३१ जेठ । भारतमा प्रतिबन्धित ५०० र १००० का नोटहरु नेपालको बाटो हुँदै पाकिस्तान पुग्ने गरेको भारतीय गुप्तचर संस्थाले आरोप लगाएको छ ।

पाकिस्तानी गुप्तचर संस्था आईएसआईले नेपालबाट खरिद गरेको उक्त प्रतिवन्धित नोट पाकिस्तानको दुई प्रिन्टिङ प्रेसमा पुग्ने गरेको छ ।

भारतीय अनुसन्धान एजेन्सीले आफ्नो प्रतिवेदनमा भनेको छ,‘ नेपालको बाटो हुँदै भारतमा प्रतिवन्धित ५०० र १००० का नोट आईएसआईले नेपालका स्मगलर अर्थात तस्करहरुको सहयोगमा पाकिस्तानका कराँची र पेशावर शहरका रहेका प्रिन्टिङ प्रेसमा पुर्याउने गरेको छन् ।’ पुरानो नोटमा राखिएको सुरक्षा वायरलाई नक्कली नोटमा लगाएर नयाँ हुबहु नोट बनाउन पाकिस्तानमा उक्त नोटहरु पुर्याइएको बताइएको छ । तर, भारतीय गुप्तचर एजेन्सीको रिपोर्टमा नेपालका ति तस्करहरु को–को हुन् भन्ने बारेमा भने केही खुलाइएको छैन ।

स्रोतका अनुसार भारतीय गुप्तचर संस्था ‘रअ’ले नेपाली कारोबारीहरुको बारेमा भारतीय दूतावासमार्फत सूचना संकलन गरिरहेको छ । भारतको एक खुफिया एजेन्सीले बुझाएको प्रतिवेदनका अनुसार पाकिस्तानी जासुसी संस्था आइएसआईले नेपालबाट सस्तो दरमा प्रतिवन्दी ५०० र १००० का भारु नोट खरिद गरेर पाकिस्तान पुर्याउने योजना बनाएको उल्लेख छ । भारतीय अनुसन्धान एजेन्सीको प्रतिवेदनमा भनिएको छ,‘सन २०१६ मा प्रतिवन्ध लगाइएका ५०० र १०००का भारुका नोट पाकिस्तानले नेपालका स्मगलरहरुबाट गरिद गरेका थिए ।’

पाकिस्तानका दुई शहरमा रहेका उक्त प्रेसमा नक्कली पाकिस्तानी र भारु नोट छाप्ने गरेको भारतीय सञ्चारमाध्यमले आरोप लगाएका छन् । यस्तो गतिविधिलाई मध्यनजर गर्दै भारतीय सुरक्षा निकायले प्रतिवन्ध लगाएको भारु नोट नेपाल आउनबाट रोक्न सिमामा सुरक्षा सतर्कता अपनाएको समेत भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय जासुसी एजेन्सीले भारतमा प्रतिवन्धित नोटको कारोबार गर्ने अखडाको रुपमा नेपाललाई बद्नाम गर्दा समेत नेपाल सरकार मौन रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारी वकिलले दिने सेवालाई प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री दाहाल
सरकारी वकिलले दिने सेवालाई प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री दाहाल
सुडानमा इन्धनको मूल्यवृद्धि भएको विरोधमा प्रदर्शन, १९ को मृत्यु
सुडानमा इन्धनको मूल्यवृद्धि भएको विरोधमा प्रदर्शन, १९ को मृत्यु
कार्यान्वयन हुन सकेन नागरिकता लिँदा स्थायी लेखा नम्बर जारी गर्ने व्यवस्था
कार्यान्वयन हुन सकेन नागरिकता लिँदा स्थायी लेखा नम्बर जारी गर्ने व्यवस्था
टेलिकमका २० हजार रिचार्ज कार्ड हरायाे
टेलिकमका २० हजार रिचार्ज कार्ड हरायाे
कक्षा १२ को परीक्षाफल प्रकाशित
कक्षा १२ को परीक्षाफल प्रकाशित
विश्वकप फुटबल २०१८: रोनाल्डोको बेगमा कत्तिकाे टिक्ला त मोरोक्को ?
विश्वकप फुटबल २०१८: रोनाल्डोको बेगमा कत्तिकाे टिक्ला त मोरोक्को ?
पहिलो टेष्ट क्रिकेटमा दक्षिण अफ्रिका विजयी
पहिलो टेष्ट क्रिकेटमा दक्षिण अफ्रिका विजयी
फस्टाउँदाे अरिङ्गाल व्यवसाय !
फस्टाउँदाे अरिङ्गाल व्यवसाय !
हङकङ बस्ने सोल्टी ले यो तिज मा आइफोन ल्याइदिदा रुपा र आस्ना लाज ले भुतुक्कै (भिडियो सहित )
हङकङ बस्ने सोल्टी ले यो तिज मा आइफोन ल्याइदिदा रुपा र आस्ना लाज ले भुतुक्कै (भिडियो सहित )
यी हुन सुन तस्करीका मुख्य नाइके ‘गोरे’की प्रेमिका रक्षा भण्डारी
यी हुन सुन तस्करीका मुख्य नाइके ‘गोरे’की प्रेमिका रक्षा भण्डारी