देशैभरी डेंगु संक्रमितकाे संख्या बढ्याे, सतर्कता अपनाउन मन्त्रालयकाे अनुराेध

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण ६, २०८०
|
|
४६ पटक हेरिएको
Shares
देशैभरी डेंगु संक्रमितकाे संख्या बढ्याे, सतर्कता अपनाउन मन्त्रालयकाे अनुराेध

सारांश

  • काठमाडौं।
  • नेपालमा डेंगुका बिरामी दिनहुँ बढ्दै गएका छन्।
  • पछिल्लो दुई हप्तामा मात्र दुई हजारभन्दा बढी जनामा डेंगु पुष्टि भएको छ।

काठमाडौं। नेपालमा डेंगुका बिरामी दिनहुँ बढ्दै गएका छन्। पछिल्लो दुई हप्तामा मात्र दुई हजारभन्दा बढी जनामा डेंगु पुष्टि भएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दुई साताअघि असार २५ गते सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार पुस यता एक हजार एक सय ९२ जना बिरामी फेला परेकोमा असार २५ देखि साउन ५ गतेसम्म दुई हजारभन्दा बढी बिरामी थप भएका छन्।

स्वास्थ्य संस्थाको सम्पर्कमा नआएका बिरामी अझ धेरै रहेको महाशाखाको अनुमान छ। पछिल्लो दुई सातामा सबैभन्दा धेरै सुनसरीमा बिरामी थपिएका छन्। सुनसरीमा दैनिक सयभन्दा बढी बिरामी आउन थालेका बताइएको छ।

बिरामी थपिँदै गएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले छुट्टै ज्वरो क्लिनिक नै सञ्चालनमा ल्याएको छ। महाशाखाको तथ्यांक अनुसार पुसयता नेपालमा तीन हजारभन्दा बढी संक्रमित थपिएका छन्।

हालसम्म सुनसरी १ हजार ५७१, धादिङमा २ सय ५८, दार्चुलामा १ सय ८८, कास्कीमा १ सय ४९, संखुवासभामा ५८ जनामा डेंगु पुष्टि भएको छ। यस्तै काठमाडौंमा ४६, कञ्चनपुरमा ३९, भक्तपुरमा ३५, म्याग्दीमा ३५, झापामा ३२ जना डेंगु संक्रमित फेला परेका छन्।

डेंगु संक्रमितको संख्या दिनहुँ बढिरहेकाले सरकारले उच्च स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारलाई युवासंघका अध्यक्षको झटारो , संस्थागत भ्रष्टाचारलाई प्रशय दिएको अारोप.
सरकारलाई युवासंघका अध्यक्षको झटारो , संस्थागत भ्रष्टाचारलाई प्रशय दिएको अारोप.
ईश्वर पोखरेलको नेत्तृत्वमा ‘कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर’
ईश्वर पोखरेलको नेत्तृत्वमा ‘कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर’
रामेछाप-सिन्धुली वैकल्पिक मार्गबाट यातायात सुचारु
रामेछाप-सिन्धुली वैकल्पिक मार्गबाट यातायात सुचारु
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
बैशाख ४ गते शनिवारको राशिफल यस्तो छ
बैशाख ४ गते शनिवारको राशिफल यस्तो छ
भूपरिवेष्टित देशलाई लगानी र प्रविधि हस्तान्तरण आवश्यक छ : परराष्ट्रमन्त्री
भूपरिवेष्टित देशलाई लगानी र प्रविधि हस्तान्तरण आवश्यक छ : परराष्ट्रमन्त्री
अाज वैशाख १४ गते: कहाँ के-के घटना घटे ?
अाज वैशाख १४ गते: कहाँ के-के घटना घटे ?
देशैभर मध्यमदेखि भारी वर्षाः नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
देशैभर मध्यमदेखि भारी वर्षाः नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
स्थलगत अनुगमनका लागि माधवकुमार नेतृत्वको टोली हेलिकप्टरबाट नओर्ली आकाशबाटै फर्किएपछि..
स्थलगत अनुगमनका लागि माधवकुमार नेतृत्वको टोली हेलिकप्टरबाट नओर्ली आकाशबाटै फर्किएपछि..
१५ दिनभित्र पार्टी एकता हुन्छ : केपी ओली
१५ दिनभित्र पार्टी एकता हुन्छ : केपी ओली