सर्लाहीमा राजपा र फोरमले खाता खोले
सारांश
- मलंगवा ।
- सर्लाहीको बलरा नगरपालिका र बरहथवामा नगरपालिकामा क्रमश राजपा र संघीय समाजवादी फोरम नेपालले वडा अध्यक्षमा खाता खोलेको छ ।
- अहिले सर्लाहीको ९ स्थानमा मतगणनाको क्रम जारी रहेको छ ।
मलंगवा । सर्लाहीको बलरा नगरपालिका र बरहथवामा नगरपालिकामा क्रमश राजपा र संघीय समाजवादी फोरम नेपालले वडा अध्यक्षमा खाता खोलेको छ । अहिले सर्लाहीको ९ स्थानमा मतगणनाको क्रम जारी रहेको छ ।
बलराको वडा नं. १ मा राजपा र बरहथवामा १ मा फोरमले जित हात पारेको छ । सोमबार रातिबाट मतगणना सुरु भएको सर्लाहीमा हरिवन बाहेक कुनै स्थानको मतपरिणाम सार्वजनिक भएको छैन् ।
हरिवनको ताजा परिणाम अनुसार ५०० मत गणना हुँदा १६९ मतका साथ एमाले अग्रस्थानमा रहेको छ । माओवादीको १४० र काँग्रेसको १११ मत रहेको छ । गोडैतामा राजपा, कौडेनामा नेपाली काँग्रेस, चन्द्र नगरमा राजपा अगाडी रहेको छ । त्यसैगरी हरिपूर्वा नगरपालिकामा भर्खरै मतगणना सुरु भएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया