एक पदमा दाजुभाइ भिड्दै

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २९, २०७४
|
|
२५ पटक हेरिएको
Shares
एक पदमा दाजुभाइ भिड्दै

सारांश

  • धनगढी, २९ जेठ ।
  • आसन्न स्थानीय तहको निर्वाचनका लागि धनगढी उपमहानगरपालिका–३को वडाध्यक्ष पदमा सहोदर दाजुभाइ फरक राजनीतिक दलका तर्फबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
  • नेकपा (माओवादी केन्द्र)ले बलबहादुर ऐरलाई र नेपाली काँग्रेसले उहाँका दाइ राजबहादुर ऐरलाई वडाध्यक्ष पदको उम्मेदवार तोकेको हो ।

धनगढी, २९ जेठ । आसन्न स्थानीय तहको निर्वाचनका लागि धनगढी उपमहानगरपालिका–३को वडाध्यक्ष पदमा सहोदर दाजुभाइ फरक राजनीतिक दलका तर्फबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

नेकपा (माओवादी केन्द्र)ले बलबहादुर ऐरलाई र नेपाली काँग्रेसले उहाँका दाइ राजबहादुर ऐरलाई वडाध्यक्ष पदको उम्मेदवार तोकेको हो ।

एकै घरपरिवारका दाजुभाइले दुई फरक राजनीतिक दलबाट वडाध्यक्षमा टिकट पाएपछि परिवार, आफन्त, इष्टमित्रहरु कसलाई मत दिने भन्नेबारे अन्योलमा छन् ।

काँग्रेसबाट टिकट पाउनुभएका राजबहादुरले भन्नुभयो – “यस्तो अवस्थामा घरमा रहेका मत नबाँडिइकन जता गएपनि एकलौटी जान्छ ।”

“दाइ वा भाइमध्ये एकजनाले उम्मेदवारी छोड्नुपर्छ भन्ने छलफल घरपरिवारमा चलिरहेको र आफू जेठो भएकाले भाइले छोड्नु उचित हुने सल्लाह सबैले दिएको दाजु राजबहादुरले बताउनुभयो ।

एउटै आमाका सन्तान भए पनि फरक विचार र सिद्धान्त भएकाले फरक सपना र योजना बनाएर चुनावी दौडमा उत्रिएको उहाँहरुको भनाइ छ । बलबहादुरले झन्डै ४५ दिनअघि नै नेकपा (माओवादी केन्द्र)बाट वडाध्यक्षको टिकट सुनिश्चित गरी आफ्नो चुनावी दौडमा होमिनुभएको हो ।

“दाइले टिकट पाएमा आफूले नउठ्ने मनःस्थिति पहिल्यै बनाएको थिएँ, बलबहादुरले भन्नुभयो – दाइले डेढ साताअघिमात्र टिकट पाए पनि अब आफूले छोड्न सक्ने सम्भावना छैन, धेरै अगाडि बढिसकेँ ।”

चुनावको मिति नजिकिँदै जाँदा उम्मेदवारहरुले मत माग्न घरदैलो अभियानलाई तीव्रता दिएका छन् । गर्मी बढ्दै गएसँगै चुनावी सरगर्मी पनि ह्वात्तै बढेको छ ।

चुनावी सरगर्मीका बीच यतिबेला टोल र बस्तीका निजी घरमा विभिन्न दलका झन्डा टाँग्ने प्रतिस्पर्धा पनि बढेको छ ।

खासगरी ग्रामीण क्षेत्रका घर घरमा पार्टीका झन्डा र चुनाव चिह्न अङ्कित ब्यानर झुड्याउने रोचक प्रतिस्पर्धा देखिएको छ ।

“एउटा पर्टीको मान्छे आएर घरमा झन्डा टुङ्ग्याउँछ, स्थानीय श्यामराज चौधरीले भन्नुभयो – लगत्तै घरमा पुग्ने अर्को पार्टीको मान्छेले आफ्नो पार्टीको झन्डा टाँगीहाल्छ ।”

जोसुकैले घरमा झन्डा टाँगे पनि विरोध कसैको नगर्ने सहमति घरपरिवारका सदस्यमा बनेको छ ।

कैलाली जिल्लामा एक उपमहानगर (धनगढी), छ नगरपालिका र छ गाउँपालिकासमेत १३ स्थानीय तहमा हुने निर्वाचनमा मुख्य प्रतिस्पर्धा काँग्रेस, एमाले, माओवादी केन्द्र, नेपाल फोरम लोकतान्त्रिक र राप्रपाका बीच हुन लागेको मतदाताको विश्लेषण छ ।

गएको संविधानसभाको निर्वाचनमा कैलाली क्षेत्र नं १ र ३ बाट तत्कालीन फोरम लोकतान्त्रिकका उम्मेदवार, क्षेत्र नं २ बाट एमालेका उम्मेदवार, क्षेत्र नं ४ बाट माओवादी केन्द्रका उम्मेदवार र क्षेत्र नं ५ र ६ बाट काँग्रेसका उम्मेवार विजयी भएका थिए ।

स्थानीय तहको चुनावमा होमिएका सबै उम्मेदवार आ–आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै मतदातालाई आकर्षित गर्न आकर्षक नारा र योजना सुनाउन थालेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समाचार लेखेकै निहुँमा पत्रकार अधिकारी कुटिए, घटनाप्रति पत्रकार महासंघ कास्कीको आपत्ति
समाचार लेखेकै निहुँमा पत्रकार अधिकारी कुटिए, घटनाप्रति पत्रकार महासंघ कास्कीको आपत्ति
अबदेखी मनपरी घरभाडा लिन नपाउँने यस्तो आँउदैछ कानुन !
अबदेखी मनपरी घरभाडा लिन नपाउँने यस्तो आँउदैछ कानुन !
प्रचण्डलाई नेकपामा कमजोर पार्न को को लागि परेका छन् ?
प्रचण्डलाई नेकपामा कमजोर पार्न को को लागि परेका छन् ?
न्यायपालिका न्यायविहीन भएको छ, प्रा डा गोविन्द केसी
न्यायपालिका न्यायविहीन भएको छ, प्रा डा गोविन्द केसी
खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई आज उदयपुर जिल्ला अदालतमा उपस्थित गराईयो
खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई आज उदयपुर जिल्ला अदालतमा उपस्थित गराईयो
३३ किलाे सुन प्रकरण : रमेश खरेल सहित एआईजी र डिआइजीद्वयले यसरी किन गरे अभियुक्तको बचाउ   ?
३३ किलाे सुन प्रकरण : रमेश खरेल सहित एआईजी र डिआइजीद्वयले यसरी किन गरे अभियुक्तको बचाउ ?
कांग्रेससँग चुनावी तालमेल गरेको  राप्रपाले काठमाडौं–२ मा  भने माधव नेपाललाई सहयोग गर्ने
कांग्रेससँग चुनावी तालमेल गरेको राप्रपाले काठमाडौं–२ मा भने माधव नेपाललाई सहयोग गर्ने
अन्तिम खेलमा कीर्तिमानी ब्याटिङ गर्दै जिम्बावेका कप्तानले क्रिकेटबाट लिए बिदा
अन्तिम खेलमा कीर्तिमानी ब्याटिङ गर्दै जिम्बावेका कप्तानले क्रिकेटबाट लिए बिदा
गुर्जा हिमालको हिमआँधीमा परेका नौ जनाको शव भेटियो(परिचयसहित–अपडेट)
गुर्जा हिमालको हिमआँधीमा परेका नौ जनाको शव भेटियो(परिचयसहित–अपडेट)
प्युठानमा अखिलका नेता माथी हातपात
प्युठानमा अखिलका नेता माथी हातपात

तपाईंले छुटाउनुभयो कि?