चुनावी हारमा एमालेको समीक्षाः बामपन्थीसँग मिलेर अघि बढ्न नेतृत्वलाई सुझाव

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ८, २०७४
|
|
२९ पटक हेरिएको
Shares
चुनावी हारमा एमालेको समीक्षाः बामपन्थीसँग मिलेर अघि बढ्न नेतृत्वलाई सुझाव

सारांश

  • काठमाडौं ।
  •  नेकपा एमाले केन्द्रीय नेताहरुले आगामी दिनमा बामपन्थी शक्तिसँग नै मिलेर अघि बढ्न नेतृत्वलाई सुझाव दिएका छन् ।
  • एमाले केन्द्रीय समितिको जारी बैठकमा बोल्ने नेताहरुले विगतमा भएको बाम गठबन्धन जोगाइराख्न नसक्नु नेतृत्वको मुख्य कमजोरी भन्दै नेतृत्वको आलोचना पनि गरे ।

काठमाडौं । नेकपा एमाले केन्द्रीय नेताहरुले आगामी दिनमा बामपन्थी शक्तिसँग नै मिलेर अघि बढ्न नेतृत्वलाई सुझाव दिएका छन् । एमाले केन्द्रीय समितिको जारी बैठकमा बोल्ने नेताहरुले विगतमा भएको बाम गठबन्धन जोगाइराख्न नसक्नु नेतृत्वको मुख्य कमजोरी भन्दै नेतृत्वको आलोचना पनि गरे ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलपछि समूहगत निर्णय सुनाउँदै टोली नेताहरुले स्थानीय तह निर्वाचनमा २ नम्बर प्रदेशमा भएको पराजयप्रति पनि नेतृत्वको आलोचना गरे ।

पार्टी विधानअनुसार नचल्नु, सामुहिक नेतृत्वको भावनाअनुसार चल्न नसक्नु, निर्वाचनमा उम्मेदवारका लागि टिकट वितरणमा पार्टीभित्रै गुट हावी हुनु, तथा दुई नम्बर प्रदेशमा अपारदर्शी किसिमले टिकट वितरण गरिनु मुख्य कमजोरी भएको भन्दै आलोचना गरिएको एक केन्द्रीय सदस्यले बताए । उनीहरुले आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा जाँदा निर्वाचनअघि नै आगामी प्रधानमन्त्री तोकेर जान पनि सुझाव दिएका छन् ।

एमाले केन्द्रीय समिति बैठकमा ओलीको प्रतिवेदनमाथि सात प्रदेशको सात समूह र जनवर्गीय संगठन तथा मोर्चाको तर्फबाट एक समूह गरी आठ समूहमा समूहगत छलफल भएको थियो ।

समूहको एक एक जना टोली नेताले समूहगत छलफलमा उठेका कुरा प्रस्तुत गरेका थिए । बैठकमा प्रदेश १ बाट शिवमायाँ तुम्बाहाम्फे, २ बाट सत्यनारायण मण्डल, २ बाट काशीनाथ अधिकारी, ४ बाट गणेश तिमिल्सिना, ५ बाट दलबहादुर राना, ६ बाट यमलाल कडेल र ७ बाट भीम रावलले समूहको तर्फबाट प्रतिवेदनमाथि टिप्पणी गरेका थिए । २ नम्बर प्रदेशका टोली नेता मण्डलले भने आफ्नो प्रदेशमा भएको कमजोरी स्वीकार गरेका थिए ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Shreejan Bhansakarya

    बामपंथी भनेर माओवादी सङ्ग मिले एमाले खतम।

    Comment Author

    Shyamkishan Shrestha

    अहमता छाड्नुपर्छ वामपन्थीहरू मिल्नुको विक्ल्प छैन कम्युनिस्ट हरु मिल्नोस हामीलाई कसैले चिन्नपनी पर्दैन हामिलाइ कुनै लोभलालाच स्वार्थ पनि छैन हामी लाई केहिदिन पनि पर्दैन हामिलाइ अल्लि आस्था र भरोसा कम्युनिस्ट पर्ती हुनाले २०४६ देखि निरंतरता लागेर आफ्नु घररिवार नभनी पार्टीको काम्मा कहिले भारत कहिले नेपाल कतिऔ पटक सिमानामा लुटिएर वेखर्ची पनि भइयो आज ५३ साल उमेर भैसक्यो तर एमाले लाई कार्यक्रता को कुनै मुल्यांकन छैन २ न प्रदेशको चुनावी नतिजा ले हामी प्रवासी नेपाली लाई ठूलो आघात ठेस पुगेको छ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?