राष्ट्रपतिबाट शक्तिपीठमा पूजा अर्चना

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १२, २०७४
|
|
२५ पटक हेरिएको
Shares
राष्ट्रपतिबाट शक्तिपीठमा पूजा अर्चना

सारांश

  • काठमाडौं, असोज १२ – वडादसैँको महाअष्टमीको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार उपत्यकाका शक्तिपीठहरुको दर्शन र पूजा अर्चना गर्नुभएको छ ।
  • राष्ट्रपति भण्डारीले नक्साल भगवती, गुह्श्वेरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, महाँकाल, संकटा, नरदेवी, इन्द्रयणी र शोभाभगवतीमा पूजाआजा एवं दर्शन गर्नुभयो ।
  • मन्दिरका पुजारीबाट राष्ट्रपति भण्डारीले फूलप्रसाद ग्रहण गर्नुभएको थियो ।

काठमाडौं, असोज १२ – वडादसैँको महाअष्टमीको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार उपत्यकाका शक्तिपीठहरुको दर्शन र पूजा अर्चना गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नक्साल भगवती, गुह्श्वेरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, महाँकाल, संकटा, नरदेवी, इन्द्रयणी र शोभाभगवतीमा पूजाआजा एवं दर्शन गर्नुभयो । मन्दिरका पुजारीबाट राष्ट्रपति भण्डारीले फूलप्रसाद ग्रहण गर्नुभएको थियो ।

नवदुर्गाको विशेष पूजा गरी आश्विन शुक्ल अष्टमीका दिन शक्तिपीठमा दर्शन गरे वर्षभरिका लागि आध्यामिक शक्ति प्राप्त हुने धार्मिक विश्वास छ ।

त्यसअघि बिहीबार बिहान राष्ट्रपति भण्डारीले काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवतीमा पनि दर्शन र पूजा अर्चना गर्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?