मुक्तिनाथमा मोदीको अभिनन्दन तयारी : मन्दिर रंगरोगनदेखि ‘मिनी आइसियु’ सम्म

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २५, २०७५
|
|
२० पटक हेरिएको
Shares
मुक्तिनाथमा मोदीको अभिनन्दन तयारी : मन्दिर रंगरोगनदेखि ‘मिनी आइसियु’ सम्म

सारांश

  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा नागरिक अभिनन्दन गरिने भएको छ ।
  • नेपालको दुईदिने राजकीय भ्रमणमा नेपाल आउन लागेका उनी २९ मा मुक्तिनाथ पुग्ने कार्यक्रम छ ।
  • उनलाई मुक्तिनाथमा नागरिक अभिनन्दन गर्ने तयारी भइरहेको जिल्ला स्तरीय स्वागत समितिका सहसंयोजक एवम्र बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष धारा विष्टले जानकारी दिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा नागरिक अभिनन्दन गरिने भएको छ । नेपालको दुईदिने राजकीय भ्रमणमा नेपाल आउन लागेका उनी २९ मा मुक्तिनाथ पुग्ने कार्यक्रम छ ।

उनलाई मुक्तिनाथमा नागरिक अभिनन्दन गर्ने तयारी भइरहेको जिल्ला स्तरीय स्वागत समितिका सहसंयोजक एवम्र बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष धारा विष्टले जानकारी दिए । ‘हिन्दु र बौद्ध धर्मालम्बीको आस्थाको धरोहर मुक्तिनाथमा आउने उहाँ नै उच्च विदेशी पाहुना हुनुहुन्छ, यसले मुक्तिनाथको प्रचार विश्वव्यापी हुनेछ’, उनले भने, ‘त्यसैले उहाँको सम्मानमा हामीले कुनै कन्जुस्याँई गर्दैनौँ ।’

भारतीय प्रधानमन्त्री मोदीलाई मुक्तिनाथ क्षेत्रको मौलिक कला सँस्कृति देखाउने तयारी समेत भइरहेको उनले बताए ।

काठमाडौँबाट हेलिकोप्टरमा आउने मोदीको विशेष पुजाका लागि मुक्तिनाथ मन्दिरको मर्मत र रँगरोगन, अति विशिष्ट कक्ष तयार, १०८ धारा, हेलिप्याड निर्माण र शौचालयको सरसफाई गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए ।

मोदीको स्वागतका लागि मुक्तिनाथ गाउँ र मन्दिर प्रवेशद्धारमा विशेष गेट बनाइएको छ । वैशाख २९ मा हेलिकोप्टरबाट मुक्तिनाथ ओर्लेपछि मोदीले एक घण्टा विशेष पुजापाठ गर्नेछन् । पुजापाठ अघि नै उनलाई नागरिक अभिनन्दनको तयारी भइरहेको छ ।

 

‘हिन्दु र बौद्ध धर्मालम्बीको आस्थाको धरोहर मुक्तिनाथमा आउने उहाँ नै उच्च विदेशी पाहुना हुनुहुन्छ, यसले मुक्तिनाथको प्रचार विश्वव्यापी हुनेछ’, उनले भने, ‘त्यसैले उहाँको सम्मानमा हामीले कुनै कन्जुस्याँई गर्दैनौँ ।’

 

उच्च विदेशी पाहुना आउने भएपछि मुस्ताङ र म्याग्दीको सीमाना घासा, मनाङको थोराङ पासमा सुरक्षा गस्ती बढाइएको छ । ‘२८ र २९ मा बेनी–जोमसोम सडक र मनाङको सीमाना थोराङ पास बन्द हुने भएको छ । मुस्ताङको मार्फादेखि कागबेनीसम्मका होटलहरुमा दैनिक पाहुनाको विवरण लिने काम पनि भइरहेको छ’, प्रजिअ पौडेलले भने, ‘दैनिक रुपमा सुरक्षा समितिको वैठक बस्ने गरेका छौँ ।’

मन्दिरमा विशिष्ट पाहुना आउँदा पुजापाठका लागि गरिने सम्पूर्ण प्रक्रियाको तयारी पूरा भएको मुक्तिनाथका मूख्य पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए । ‘हाम्रो देशका प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्म यहाँ आएर पूजा गर्नुभएको थियो । अहिले भारतीय प्रधानमन्त्री आउनुहुने भएपछि उहाँलाई सम्पूर्ण विधि विधान पु-याएर पुजापाठ गराउनेछौँ’, उनले थपे, ‘मन्दिर भित्र उहाँलाई बटुकहरुले स्वागत र सम्मान दिनेछन् ।’

‘मिनी आइसियु स्थापना’

मोदीको भ्रमणलाई लक्षित गरि मुक्तिनाथमा मिनि आइसियु कक्ष स्थापना गरिएको छ । उच्च स्थानमा पुग्दा मोदीसँगै भ्रमण टोलीका सदस्यहरुलाई आउन सक्ने समस्यालाई मध्यनजर गर्दै आइसियु कक्ष स्थापना गरिएको प्रजिअ पौडेलले जानकारी दिए ।

आइसियु कक्षमा नेपाल र भारतका विशेषज्ञ चिकित्सकहरु रहनेछन् । ‘एम्बुलेन्सहरु पनि तयारी अवस्थामा राखेका छौँ’,उनले भने । आइसियु कक्षमा जिल्ला अस्पताल मुस्ताङका स्वास्थ्यकर्मीहरु समेत रहनेछन् । ‘कस्तो किसिमको जनशक्ति, पूर्वाधार र औषधीहरु चाहिने भन्ने कुरा स्वास्थ्य मन्त्रालय समन्वय गरिरहेको छ’, प्रजिअ पौडेलले भने ।

रक्षामन्त्रीद्धारा जानकारी

भारतीय प्रधानमन्त्री मोदीको मुक्तिनाथ भ्रमणको पूर्वसन्ध्यामा रक्षामन्त्री ईश्वर पोखरेलले आइतबार जोमसोममा सुरक्षा अवस्था, स्थानीयस्तरमा भएका तयारीका बारे जानकारी लिएका छन् । नेपाली सेनाको हेलिकोप्टर मार्फत मुस्ताङ पुगेका उनले जिल्लास्तरमा भइरहेका तयारी प्रति सन्तुष्टि व्यक्त गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले आचारसंहिता उल्लंघन गरेको छैन : उपप्रधानमन्त्री महरा
सरकारले आचारसंहिता उल्लंघन गरेको छैन : उपप्रधानमन्त्री महरा
चिनियाँ राष्ट्रपतिसँग भेट पछि वाइडेनले भने-गाजा कब्जा गर्नु इजरायलका लागि महाभुल
चिनियाँ राष्ट्रपतिसँग भेट पछि वाइडेनले भने-गाजा कब्जा गर्नु इजरायलका लागि महाभुल
टाइटनिकको सुटिङमा जहाजको भन्दा बढी लागत
टाइटनिकको सुटिङमा जहाजको भन्दा बढी लागत
विश्वकप फुटबल २०१८: यस्तो छ एउटै समयमा २–२ खेल खेलाउनुकाे रहस्य
विश्वकप फुटबल २०१८: यस्तो छ एउटै समयमा २–२ खेल खेलाउनुकाे रहस्य
नेपालगंज,तुल्सीपुर,घोराही र बुटवल उपमहानागरपालिकामा एमाले अगाडी
नेपालगंज,तुल्सीपुर,घोराही र बुटवल उपमहानागरपालिकामा एमाले अगाडी
नेपाली सिने-सेलिब्रेटीहरुका यी  ५ ठूला झगडा (कारण सहित)
नेपाली सिने-सेलिब्रेटीहरुका यी ५ ठूला झगडा (कारण सहित)
पूर्वराष्ट्रपति यादवले भनेः प्रजातन्त्रमाथि खतरा देखियो
पूर्वराष्ट्रपति यादवले भनेः प्रजातन्त्रमाथि खतरा देखियो
एक महिनामा २२ सय पराकम्प
एक महिनामा २२ सय पराकम्प
कृषि विज्ञ मदन राई बालयौन दुर्व्यवहारको आरोपमा पक्राउ
कृषि विज्ञ मदन राई बालयौन दुर्व्यवहारको आरोपमा पक्राउ
प्रधानमन्त्री ओली सहित ४ जना विरुद्ध कसले हाल्यो अख्तियारमा उजुरी ?
प्रधानमन्त्री ओली सहित ४ जना विरुद्ध कसले हाल्यो अख्तियारमा उजुरी ?

तपाईंले छुटाउनुभयो कि?