प्रियंका गान्धीले किन सोधिन् प्रधानमन्त्री नरेन्द्र मोदीको जात ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १६, २०७६
|
|
१९ पटक हेरिएको
Shares
प्रियंका गान्धीले किन सोधिन् प्रधानमन्त्री नरेन्द्र मोदीको जात ?

सारांश

  • भारत यतिवेला निर्वाचनमय भएको छ ।
  • सोमबारबाट लोकसभाको चौथो चरणको निर्वाचन सुरु भएको छ ।
  • तर, सत्तारुढ भाजपा र कंग्रेस आईका नेताहरुबीच चुनावी जुहारी चलिरहेको छ ।

भारत यतिवेला निर्वाचनमय भएको छ । सोमबारबाट लोकसभाको चौथो चरणको निर्वाचन सुरु भएको छ । तर, सत्तारुढ भाजपा र कंग्रेस आईका नेताहरुबीच चुनावी जुहारी चलिरहेको छ । यतिसम्म कि उनीहरु एक अर्काकाविरुद्ध तल्लो स्तरमा उत्रिएर गालीगलौज गर्नसमेत पछि परेका छैनन् ।

भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीले भारतीय जनता पार्टी (भाजपा) का नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदीमाथि कडा प्रहार गरेकी छन् । महासचिव प्रियंका गान्धी वाड्राले आफूलाई अहिलेसम्म प्रधानमन्त्री मोदीको जात के हो भन्ने थाहा नभएको बताएकी हुन् । अमेठीमा आइतबार पत्रकारसँगको कुराकानीको क्रममा प्रियंकाले विपक्षी पार्टीले यो कुरा कहिले नउठाएकी बताएकी हुन् ।

उनले भनिन् ‘अहिलेसम्म थाहा छैन कि प्रधानमन्त्री कुन कास्ट (जात) को हुनुहुन्छ । र मलाई थाहा भएसम्म विपक्षीले कहिल्यै पनि व्यक्तिको जातका बारेमा कुरा गरेको छैन, विशेष गरि कांग्रेसका नेताहरुले । हामीले मात्रै विकासका मुद्दा उठाएका छौँ । हामीले जनताको चासोका विषयमा मात्रै बोलेका छौँ, व्यक्तिगत आलोचना गरेका छैनौँ ।’

जनताको आदर गर्नु सबैभन्दा ठूलो राष्ट्रवाद रहेको बताएकी छन् । यस्तै जनताको समस्याको हल गर्नु राष्ट्रवाद रहेको उनले उल्लेख गरेकी छन् । अहिले बोल्नेहरुको आवाज बन्द गर्ने अवस्था रहेकाले देशमा लोकतन्त्र र राष्ट्रवाद दुवै नरहेको प्रियंकाले आरोप लगाएकी छन् । कांग्रेसले चुनावमा रोजगार, शिक्षा, स्वास्थ्यसहितका मुद्दालाई केन्द्रमा राखेको बताएकी छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षीले जात तथा धर्मको राजनीति गरेको आरोप लगाएका थिए । मायावातीले प्रधानमन्त्री मोदीले आफ्नो स्वार्थका लागि आफूलाई पीछडिएको जातिको बताएको आरोप लगाएकी थिइन् । प्रधानमन्त्री मोदीले त्यसको जवाफ पनि दिएका छन् ।

प्रियंकाले यसअघि भाजपाका नेताहरुले आफ्ना दाइ तथा कांग्रेस अध्यक्ष राहुल गान्धीको जात तथा गोत्रलाई लिएर गरेको विवादप्रति पनि जवाफ दिएकी हुन् । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?