खड्ग जात्रा र सेतो घोडाजात्रा सम्पन्न

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १५, २०७४
|
|
२३ पटक हेरिएको
Shares
खड्ग जात्रा  र  सेतो घोडाजात्रा सम्पन्न

सारांश

  • भक्तपुर, १५ असोज , बडादशैँको दिन मध्य रात्रि मनाइने तलेजुमा पायः जात्रा अर्थात् खड्ग जात्रा गएराति सम्पन्न भएको छ ।
  • तलेजु भवानीको साक्षात् रुप मानिने पायःद्यो (देवता)लाई रातो कपडाले बेरेर युद्ध कवच पहि¥याई जात्रा मनाइन्छ ।
  • बडादशैँको साँझपख तलेजु आगम मन्दिरको ख“ कुथि कोठाबाट तान्त्रिक विधिपूर्वक पूजा गरिएका बलिपात्र र शस्त्रास्त्रसहित तलेजुको प्रतिरुप पाय द्यो तलेजुका मूल आचाजु, पुरोहितले राजोपाध्यायलाई खड्ग हस्तान्तरण गरेपछि जात्रा प्रारम्भ हुने तलेजुका पुजारी नरेन्द्र जोशीले बताउनुहुन्छ ।

भक्तपुर, १५ असोज , बडादशैँको दिन मध्य रात्रि मनाइने तलेजुमा पायः जात्रा अर्थात् खड्ग जात्रा गएराति सम्पन्न भएको छ ।

तलेजु भवानीको साक्षात् रुप मानिने पायःद्यो (देवता)लाई रातो कपडाले बेरेर युद्ध कवच पहि¥याई जात्रा मनाइन्छ । बडादशैँको साँझपख तलेजु आगम मन्दिरको ख“ कुथि कोठाबाट तान्त्रिक विधिपूर्वक पूजा गरिएका बलिपात्र र शस्त्रास्त्रसहित तलेजुको प्रतिरुप पाय द्यो तलेजुका मूल आचाजु, पुरोहितले राजोपाध्यायलाई खड्ग हस्तान्तरण गरेपछि जात्रा प्रारम्भ हुने तलेजुका पुजारी नरेन्द्र जोशीले बताउनुहुन्छ ।

खड्ग जात्राका क्रममा तलेजुमा सम्बद्ध राजोपाध्यायले पाय द्योःलाई आफ्नो का“धमा बोकेर तलेजु मूलचोकबाट बेको चोक पुगेपछि सर्वसाधारणका लागि पूजा र दर्शन गर्न दिने परम्परा छ । पाय द्योः दरबार स्क्वायरस्थित स्वर्णद्वार पुगेपछि पङ्क्तिबद्ध रुपमा प्रतीक्षारत नवदुर्गा देवगणलाई पालैपालो मन्त्रसिद्धि प्रदान गर्छन् र तलेजु भवानीबाट मन्त्रसिद्धि प्राप्तिपछि पाय द्यो जीवित देवता नवदुर्गा देवगणसहित यात्रापथमा अगाडि बढ्ने प्रचलन छ । चन्द्रमासको तिथि र गतिका आधारमा नगरको माथिल्लो र तल्लो क्षेत्रमा जात्रा हुने तलेजुका नाइके बताउँछन् ।

सेतो घोडाजात्रा सम्पन्न

बडादशैँको मध्यरातमा हुने ऐतिहासिक तथा सांस्कृतिक महत्वको सेतो घोडाजात्रा गए राति सम्पन्न भएको छ । सेता घोडाजात्रा प्रत्येक वर्ष विजयादशमीका दिन रात्रि समयमा हुने गर्छ ।

विजयादशमीको राति तलेजु भवानीलाई तलेजुका चार मूल नाइके, आचाजु, जोशी र राजोपाध्यायबाट तान्त्रिक विधिअनुरुप कालरात्रि पूजा, टीका साइत पूजा गरी विसर्जन पूजा सम्पन्न गरिएपछि सेतो घोडाजात्रा हुने परम्परा छ । जात्रा हुनुअघि सेतो घोडालाई एउटा भेँडा बलि चढाइसकेपछि घोडालाई भक्तपुर नगरमा डुलाई घोडाजात्रा गर्ने प्रचलन छ ।

तलेजुको मूलचोकबाट सेतो घोडालाई बाहिर ल्याइसकेपछि भक्तपुर नगरको तल्लो दरबार क्षेत्रबाट भार्वाचो, वंशगोपाल, भुजीकोखा, नारायणचोक र माथिल्लो दरबार क्षेत्रबाट दत्तात्रय टौमढी हुँदै नारायणचोकसम्म घुमाई जात्रा सम्पन्न गरिन्छ । जात्राका क्रममा दरबार क्षेत्रस्थित पशुपतिनाथलाई घोडानाच देखाउन तीन पटक दगुराउने गरिन्छ । घोडालाई तलेजु भवानीका वाहनका रुपमा पुजिँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?