हातहतियार सहित ६ जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ९, २०७७
|
|
५१ पटक हेरिएको
Shares
हातहतियार सहित ६ जना पक्राउ

सारांश

  • काठमाडौं, ९ मंसिर ।
  • विभिन्न हातहतियार सहित ६ जना पक्राउ परेका छन् ।
  • भोजपुर नगरपालिका–८ स्थित पोखरेलाईनबाट एसएलआर राईफलको २ राउण्ड गोली, थ्रिनटथ्रि राईफलको १ राउण्ड गोली, १.

काठमाडौं, ९ मंसिर । विभिन्न हातहतियार सहित ६ जना पक्राउ परेका छन् । भोजपुर नगरपालिका–८ स्थित पोखरेलाईनबाट एसएलआर राईफलको २ राउण्ड गोली, थ्रिनटथ्रि राईफलको १ राउण्ड गोली, १.६ फिट डेटोनेटर कड सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पौवादुम्मा गाउँपालिका–३ च्याङ्ग्रेका विकास राई किराँती र सुरभजंग क्षेत्री भन्ने योगराज कार्की रहेका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनीहरुलाई शंकास्पद अवस्थामा हिँडिरहेको फेला पारी जाँच गर्दा उक्त हातहतियार सहित फेला पारी दुवै जनालाई पक्राउ गरेको बताएको छ ।

त्यस्तै, उदयपुरको कटारी नगरपालिका–७ मर्जेतपुरबाट १ थान भरुवा बन्दुक सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय रुद्र बहादुर तामाङ र कृष्ण बहादुर तामाङ रहेका छन् । ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको जनाएको छ । उनीहरूसँगै रही हाल फरार रहेका अन्य ३ जनाको प्रहरीले खोजी गरिरहेको बताएको छ ।

यसैगरी, मोरङको मिक्लाजुङ गाउँपालिका–१ सिलिलिङका अरुण भन्ने ५८ वर्षीय अमृत बहादुर श्रेष्ठलाई १ थान टोटा बन्दुक, सोही बन्दुकको ३ थान खाली खोका, करिब ५ सय ग्राम बारुद र २ थान मोबाइल सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठले हातहतियार लुकाई राखेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनको घर तालसी गर्दा हातहतियार फेला पारी उनलाई पक्राउ गरेको बताएको छ ।

कपिलवस्तु, बिजयनगर गाउँपालिका–१ नेउलागंज बस्ने ४९ वर्षीय जोखु थारुलाई १ थान भरुवा बन्दुक सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको प्रहरीले जोखुको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मनसुन पश्चिमसम्मै, आज दिनभर मौसम बदली हुने
मनसुन पश्चिमसम्मै, आज दिनभर मौसम बदली हुने
एमालेका महेश बस्नेतलाई हराउँदै भक्तपुरमा कांग्रेसका दुर्लभ थापा विजयी
एमालेका महेश बस्नेतलाई हराउँदै भक्तपुरमा कांग्रेसका दुर्लभ थापा विजयी
शहरी क्षेत्रमा स्वास्थ्य बीमा बढी प्रभावकारी बन्दै
शहरी क्षेत्रमा स्वास्थ्य बीमा बढी प्रभावकारी बन्दै
बिप्लव माओवादीको उपत्यका बन्द नामको मात्र बन्द !!!
बिप्लव माओवादीको उपत्यका बन्द नामको मात्र बन्द !!!
प्रधानमन्त्रीले प्रचण्डतीर हेदै भने- मिल्ने भए दुई जनानै प्रधानमन्त्री हुने थियौं
प्रधानमन्त्रीले प्रचण्डतीर हेदै भने- मिल्ने भए दुई जनानै प्रधानमन्त्री हुने थियौं
नेपाल विद्यार्थी संघको महाधिवेशन कार्तिकमा
नेपाल विद्यार्थी संघको महाधिवेशन कार्तिकमा
तनहुँ जलविद्युत् आयोजना तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन
तनहुँ जलविद्युत् आयोजना तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन
चियाका बेर्ना उत्पादन शुरु
चियाका बेर्ना उत्पादन शुरु
समृद्धिको मार्गप्रशस्त गर्न साना उद्योगको भूमिका महत्वपूर्ण– राज्यमन्त्री बाँस्कोटा
समृद्धिको मार्गप्रशस्त गर्न साना उद्योगको भूमिका महत्वपूर्ण– राज्यमन्त्री बाँस्कोटा
ग्राण्डीमा ठगीधन्दा प्रकरण : हेलिकोप्टर नउडाएरै झण्डै २ लाख झ्वाम
ग्राण्डीमा ठगीधन्दा प्रकरण : हेलिकोप्टर नउडाएरै झण्डै २ लाख झ्वाम