प्रदेश नं ७ मा १४ लाख मतदाता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १९, २०७४
|
|
२२ पटक हेरिएको
Shares
प्रदेश नं ७ मा १४ लाख मतदाता

सारांश

  • बैतडी, १९ असोज  ः आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेश नं ७ बाट १४ लाख ३५ हजार ६७१ जनाले मतदान गर्न पाउने भएका छन् ।
  • तीमध्ये छ लाख ९६ हजार ५८० पुरुष, सात लाख ३९ हजार ७५ महिला र १६ तेस्रोलिंगी भएका मतदाता रहेका छन् ।
  • क्षेत्रीय निर्वाचन कार्यालय, धनगढीका अनुसार सबैभन्दा बढी कैलालीमा चार लाख ६० हजार ५८० मतदाता रहेका छन् भने सबैभन्दा कम बाजुरामा ६९ हजार ८३४ मतदाता रहेका छन् ।

बैतडी, १९ असोज  ः आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेश नं ७ बाट १४ लाख ३५ हजार ६७१ जनाले मतदान गर्न पाउने भएका छन् ।

तीमध्ये छ लाख ९६ हजार ५८० पुरुष, सात लाख ३९ हजार ७५ महिला र १६ तेस्रोलिंगी भएका मतदाता रहेका छन् ।

क्षेत्रीय निर्वाचन कार्यालय, धनगढीका अनुसार सबैभन्दा बढी कैलालीमा चार लाख ६० हजार ५८० मतदाता रहेका छन् भने सबैभन्दा कम बाजुरामा ६९ हजार ८३४ मतदाता रहेका छन् । कैलालीमा दुई लाख २३ हजार ५०९ पुरुष, दुई लाख ३७ हजार ६३ महिला र आठ तेस्रोलिंगी रहेका छन् भने बाजुरामा ३५ हजार १४७ पुरुष, ३४ हजार ६८५ महिला र दुई तेस्रोलिंगी भएका मतदाता रहेका छन् ।

बैतडीमा ६४ हजार ४७० पुरुष, ६७ हजार ८४५ महिला र दुई जना तेस्रोलिंगी गरी एक लाख ३२ हजार ३१७ मतदाता रहेका छन् । दार्चुलामा ३९ हजार ५८५ पुरुष, ३८ हजार ९२७ महिला गरी ७८ हजार ५१२ रहेका छन् ।

डडेल्धुरामा ४० हजार १५६ पुरुष र ४१ हजार ५७६ महिला गरी ८१ हजार ७३२ र बझाङमा ५१ हजार २७१ पुरुष, ५३ हजार तीन महिला र एक जना तेस्रोलिंगी गरी एकलाख चारहजार २७५ मतदाता रहेका जनाइएको छ ।

यस्तै, कञ्चनपुरमा एक लाख २८ हजार ५२३ पुरुष, एक लाख ३६ हजार ४५१ महिला र एक तेस्रोलिंगी गरी दुई लाख ६४ हजार ९७५, अछाममा ६४ हजार ७७६ पुरुष, ७२ हजार १२५ महिला र दुई तेस्रोलिंगी गरी एक लाख ३६ हजार ९०३ र डोटीमा ४९ हजार १४३ पुरुष र ५७ हजार ४०० महिला मतदाता रहेका छन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन मिति घोषणा गरेको दिन अर्थात २०७४ भदौ ५ गतेसम्म १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएकाले आगामी निर्वाचनमा मतदान गर्न पाउने बताइएको छ ।

मतदाता नामावली ऐन, २०७३ ले व्यवस्था गरेअनुसार निर्वाचनको मिति घोषणा भएपछि सो निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न नसकिने भएको हुँदा अब नयाँ नाम दर्ता नहुने र ठाउँसारी पनि नहुने व्यवस्था छ ।

निर्वाचन आयोगका अनुसार देशभरका ७७ जिल्लामा ७७ लाख ७६ हजार ४९६ पुरुष, ७६ लाख ५१ हजार ६५ महिला र १७० तेस्रो लिंगी गरी जम्मा एक करोड ५४ लाख २७ हजार ७३१ मतदाता रहेका छन् ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हाइकिङ गएका विद्यार्थी चार दिनदेखि बेपत्ता: प्रहरी कार्यालयमा नारावाजी
हाइकिङ गएका विद्यार्थी चार दिनदेखि बेपत्ता: प्रहरी कार्यालयमा नारावाजी
कोभिड–१९ विषयमा सर्वोच्च अदालतमा बैठक शुरु
कोभिड–१९ विषयमा सर्वोच्च अदालतमा बैठक शुरु
प्रहरी एआइजीको संख्या ३ बाट ११ पुर्याउने निर्णय
प्रहरी एआइजीको संख्या ३ बाट ११ पुर्याउने निर्णय
राप्रपा प्रजातान्त्रिकले एक सिट पनि नजित्ने संभावना प्रबल, राष्ट्रिय पार्टी बन्नबाट ‘रिङ् आउट’ !
राप्रपा प्रजातान्त्रिकले एक सिट पनि नजित्ने संभावना प्रबल, राष्ट्रिय पार्टी बन्नबाट ‘रिङ् आउट’ !
५००० वर्षदेखि जिवितै छन् द्रोणाचार्य पुत्र – अश्वत्थामा, क–कसले भेटे अहिलेसम्म ?
५००० वर्षदेखि जिवितै छन् द्रोणाचार्य पुत्र – अश्वत्थामा, क–कसले भेटे अहिलेसम्म ?
देउवालाई संसदबाटै एमालेको चुनौति– एकतर्फी बाँधबारे भारतसँग कुरा गर्ने आँट छ ?
देउवालाई संसदबाटै एमालेको चुनौति– एकतर्फी बाँधबारे भारतसँग कुरा गर्ने आँट छ ?
एमाले–माओवादी केन्द्रको कार्यदलले यस्तो गर्यो सहमति, टुङ्गो माघ ३ गते
एमाले–माओवादी केन्द्रको कार्यदलले यस्तो गर्यो सहमति, टुङ्गो माघ ३ गते
टोर्नाडोलाई नेपालीमा के भन्ने ? चक्रवातदेखि झञ्‍झावातसम्‍म छन् शब्द
टोर्नाडोलाई नेपालीमा के भन्ने ? चक्रवातदेखि झञ्‍झावातसम्‍म छन् शब्द
अति बोल्ड फोटोशूट गराएपछि अनुष्कालाई भद्दा गाली
अति बोल्ड फोटोशूट गराएपछि अनुष्कालाई भद्दा गाली
रक्सीले मातेर ९० वर्षीया अपांग बृद्धालाई बलात्कार गर्नेलाई यस्तो सजाय
रक्सीले मातेर ९० वर्षीया अपांग बृद्धालाई बलात्कार गर्नेलाई यस्तो सजाय

तपाईंले छुटाउनुभयो कि?