देउवालाई संसदबाटै एमालेको चुनौति– एकतर्फी बाँधबारे भारतसँग कुरा गर्ने आँट छ ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३२, २०७४
|
|
२१ पटक हेरिएको
Shares
देउवालाई संसदबाटै एमालेको चुनौति– एकतर्फी बाँधबारे भारतसँग कुरा गर्ने आँट छ ?

सारांश

  • काठमाडौं, ३२ साउन ।
  • प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आसन्न भारत भ्रमणमा सीमामा निर्मित एकतर्फी बाँधबारे भारत सरकासँग कुरा प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेको छ ।
  • व्यवस्थापिका संसदको आजको बैठकमा बोल्दै एमाले उपाध्यक्ष एवं सांसद अष्टलक्ष्मी शाक्यले भारत भ्रमणका क्रममा नरेन्द्र मोदीसँग दृढतापूर्वक अहिले आएको राष्ट्रिय विपत्तिको बारेमा कुरा गर्ने हिम्मत छ भनेर प्रश्न गरिन ।

काठमाडौं, ३२ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आसन्न भारत भ्रमणमा सीमामा निर्मित एकतर्फी बाँधबारे भारत सरकासँग कुरा प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेको छ ।

व्यवस्थापिका संसदको आजको बैठकमा बोल्दै एमाले उपाध्यक्ष एवं सांसद अष्टलक्ष्मी शाक्यले भारत भ्रमणका क्रममा नरेन्द्र मोदीसँग दृढतापूर्वक अहिले आएको राष्ट्रिय विपत्तिको बारेमा कुरा गर्ने हिम्मत छ भनेर प्रश्न गरिन ।

उनले देउवालाई चुनौति दिँदै भनिन्– मैले सुन्दैछु निकट भविष्यमै हाम्रो प्रधानमन्त्री भारत भ्रमणमा जाँदै हुनुहुन्छ । म माग राख्न चाहन्छु । दृढतापूर्वक अत्यन्नै राष्ट्रियताको भावनालाई माथि उँचो राखेर भारतसँग अहिले आएको विपदको बारेमा उहाँले आँट गरेर कुरा गर्न सक्नुहुन्छ । कुरा गर्न सक्नुस् । म यही अपेक्षा राख्न चाहन्छु हाम्रो पार्टी नेकपा एमालेको तर्फबाट ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?