टोर्नाडोलाई नेपालीमा के भन्ने ? चक्रवातदेखि झञ्‍झावातसम्‍म छन् शब्द

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २५, २०७५
|
|
४७ पटक हेरिएको
Shares
टोर्नाडोलाई नेपालीमा के भन्ने ? चक्रवातदेखि झञ्‍झावातसम्‍म छन् शब्द

सारांश

  • काठमाडौं २५ चैत ।
  • चैत १७ गते राति ८ बजे बारा र पर्सा जिल्लाका केही स्थानमा ठूलो जनधनको क्षति हुने गरी आएको प्राकृतिक विपत्ति के हो ?
  • के हो त्यो प्राकृतिक प्रकोप जसले एक मिनेटमा २९ जनाको ज्यान लग्यो र चार सयभन्दा बढीलाई घाइते बनायो ?

काठमाडौं २५ चैत । चैत १७ गते राति ८ बजे बारा र पर्सा जिल्लाका केही स्थानमा ठूलो जनधनको क्षति हुने गरी आएको प्राकृतिक विपत्ति के हो ?

के हो त्यो प्राकृतिक प्रकोप जसले एक मिनेटमा २९ जनाको ज्यान लग्यो र चार सयभन्दा बढीलाई घाइते बनायो ? बाटोमा रोकिराखेका बस र ट्रकलाई उडाएर मिल्काउने र पक्की घरका छत नै फाल्ने गरी के आएको हो हुन्हुनाउँदै ?

हावा हो वा हुरी ? भूमरी हो हुन्डरी ? भौगर्भिक तथा मौसमको अध्ययन गर्नेहरूले ठ्याक्कै यही हो भन्न सकेका छैनन्।

सुरुमा त मौसमविद् अलमलमै थिए। मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् त सुरुमा यति अलमलमा थिए कि न उनीहरू नामाकरण गर्न सकेका थिए न त यसको प्रकृति नै खुट्याउन सकिरहेका थिए। पढ्नुस् : बारापर्सामा भएको के हो ? मौसमविद्लाई नै थाहा छैन

तर ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले शुक्रबार जारी गरेको विज्ञप्तिमा यो हावाहुरी नभई टोर्नाडो (Tornado) भएको उल्लेख गरिएको छ। ‘उक्त मौसमी प्रणाली साधारण हावाहुरी नभई Tornado भएको प्रारम्भिक अध्ययनले देखाएको छ’, विभागको विज्ञप्तिमा भनिएको छ, ‘जल तथा मौसम विज्ञान विभाग र द स्मल अर्थ नेपाल (The Small Earth Nepal) ले संयुक्त रुपमा गरेको अध्ययनबाट उक्त तथ्य पत्ता लागेको हो।‘

जल तथा मौसम विज्ञान विभाग र द स्मल अर्थ नेपालका वैज्ञानिकको टोलीले सेन्टिनेल (Sentinel) भूउपग्रहबाट प्राप्त उच्च रिजोलुसनका तस्बिरको अध्ययन गरी उक्त विनाशकारी आँधी टोर्नाडो भएको निष्कर्ष निकालेको हो।

हावाहुरी अघिको स्याटेलाइन इमेज।

सेन्टिनेल (Sentinel) भूउपग्रह फ्रान्सको पेरिसमा मुख्यालय रहेको युरोपियन स्पेस एजेन्सीको कार्यक्रम हो। सन् १९७५ मा स्थापित यो एजेन्सी युरोपका २२ मुलुकको अन्तरसरकारी संस्था हो। यसअन्तर्गत सातवटा मिसन छन्। जमिन, समुद्र र वायुमण्डलीय हलचलको अवलोकन लगायतका काम यस अन्तर्गत हुने गरेको यसको वेबसाइटमा उल्लेख छ। योसँग भूउपग्रहका मात्र ६ वटा मिसन छन्।

‘उक्त तस्बिरमा क्षतिले बनाएको मार्ग (trail) साथै सार्वजनिक सञ्चारमाध्यमहरूबाट प्रेसित गरिएका तस्बिरहरू तथा भिडियोहरूको अध्ययनबाट वैज्ञानिकहरू उक्त विनाशकारी आँधी टोर्नाडो नै भएको निष्कर्षमा पुगेका हुन्’, विभागले भनेको छ।

यसअघि नेपालमा टोर्नाडो नआएको पनि जल तथा मौसम विज्ञान विभागले उल्लेख गरेको छ। विभाग र स्मल अर्थ नामक संस्थाले गरेको अध्ययनको प्रारम्भिक अध्ययनलाई मान्ने हो भने बारा र पर्सामा जे भयो वा आयो, त्यो टोर्नाडो हो। तर टोर्नाडो आफैंमा हो के ?

नेशनल जोग्राफिकका अनुसार टोर्नाडो भनेको तीब्र गतिमा घुम्दै उडेको हावाको उर्ध्व (ठाडो) भूमरी हो। टोर्नाडोको हावा २५० माइल (४०० किलोमिटर) प्रतिघण्टाको गतिमा बहन्छ र बहने क्रममा एक माइल (१.६ किलोमिटर) चौडाई तथा ५० माइल (८० किलोमिटर) लम्बाईमा आफ्नो बाटो ‘क्लियर’ बनाउँछ। अर्थात् बाटोमा पर्ने सबै कुरालाई सोली आकारमा उठाउने र उडाएर फाल्ने सामर्थ्य राख्छ।

मेरियम वेब्सटर शब्दकोषका अनुसार स्पेनिश भाषाबाट आएको यो शब्द सन् १५५६ देखि प्रयोगमा छ। यसको समानार्थी रुपमा ‘साइक्लोन’ पनि प्रयोग गरिन्छ तर यी दुई एकै भने होइनन्।

बारा र पर्सामा ठूलो मानवीय क्षति हुने गरी आएको प्राकृतिक प्रकोप (विभागको निष्कर्षमा टोर्नाडो) को प्रकृति र प्रवृत्तिबारे अझ विस्तृत अध्ययन हुँदै गर्ला तर के नेपालीमा टोर्नाडोलाई जनाउने कुनै शब्द छैनन् ?

नेपाली शब्दकोषमा रहेका केही शब्द

यस्ता छन्, हावाहुरीसँग सम्बन्धित ‘वृहत् नेपाली शब्दकोष’ मा भेटिएका केही शब्द र तिनका अर्थ। तपाईँ पनि कमेन्टमा मिल्दाजुल्दा शब्दहरू र तिनका अर्थ थप्न सक्नुहुनेछ ताकि टोर्नाडोलाई जनाउने नजिकको नेपाली शब्द भेट्न सकियोस्।

तुफान (ना) : जोडसँग चल्ने हावा; आँधीबेरी; हुरीबतास; आधीँ; समद्रीतिर आउने आँधीबेरी; सबैतिर जलमग्न पार्ने समुद्री महावात; हुन्डरी।

भुवँरी/भुमरी (ना) : पानी, हावा आदि घुमीघुमी बनेको चक्राकार ठाउँ; पानी वा हावाको चक्कर; जलावर्त ।

हुरी (ना) : निकै जोडसित बहने वायु; वेगसित चलेको हावा; आँधी; आँधीबेहरी।

चक्रवात (ना) : भुमरी परेजस्तो घुमी–घुमी निम्न चापतिर जोडसँग बहने वायु; निम्न चाप वायु; हावाको भुमरी; आँधीबेरी ।

झञ्झा (ना) : रूखका हाँगाबिगा भाँच्दै र धूलो उडाउँदै हुनहुनाएर बहने आँधीबेहरी; वर्षासहितको आँधी। झञ्झानिल/झञ्झावात (ना) : पानीको साथसाथै चारैतिर हुर्रिएको बतास ।

अन्नपूर्णपोष्टबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Aishwarya Rai Instagram debut ‘And I was born again’ gets only 1.24 Lakhs followers in 24 Hours !
Aishwarya Rai Instagram debut ‘And I was born again’ gets only 1.24 Lakhs followers in 24 Hours !
खुलारुपमा माछामासुको बिक्री र बधमा रोक
खुलारुपमा माछामासुको बिक्री र बधमा रोक
बजेट निर्माण र कार्यान्वयन दुवै चुनौतीपूर्ण : आर्थिक मामिला मन्त्री ढुंगेल
बजेट निर्माण र कार्यान्वयन दुवै चुनौतीपूर्ण : आर्थिक मामिला मन्त्री ढुंगेल
समृद्धि हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोमाः अध्यक्ष दाहाल
समृद्धि हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोमाः अध्यक्ष दाहाल
भुटानी शरणार्थी प्रकरणः पाँच करोड १९ लाख ठगिएको भन्दै १० जना प्रहरीको सम्पर्कमा
भुटानी शरणार्थी प्रकरणः पाँच करोड १९ लाख ठगिएको भन्दै १० जना प्रहरीको सम्पर्कमा
कहिले हुन्छ बेपत्ता भएकाहरुकाे ‘श्वास\लाश’ सार्वजनिक ?
आजको राशीफल
आजको राशीफल
साँढे तीन खर्ब रकम अभाव हुने भएकोले दाता सम्मेलनको आयोजना गर्ने तयारीमा छौं : पूर्ननिर्माण प्राधिकरण सिईओ भुसाल
साँढे तीन खर्ब रकम अभाव हुने भएकोले दाता सम्मेलनको आयोजना गर्ने तयारीमा छौं : पूर्ननिर्माण प्राधिकरण सिईओ भुसाल
युवासंघका केन्द्रीय सदस्यविरुद्ध अस्मिता जुरेलीले दिइन् प्रहरीमा उजुरी
युवासंघका केन्द्रीय सदस्यविरुद्ध अस्मिता जुरेलीले दिइन् प्रहरीमा उजुरी
सोह्रा हिटी (तिनधारा) ढुङ्गेधारा पुनः ब्युँतदै
सोह्रा हिटी (तिनधारा) ढुङ्गेधारा पुनः ब्युँतदै