माओवादीलाई मन्त्रीबाट बर्खास्त गर्न किन नपाउने ? प्रधानमन्त्री,

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २१, २०७४
|
|
१९ पटक हेरिएको
Shares
माओवादीलाई मन्त्रीबाट बर्खास्त गर्न किन नपाउने ? प्रधानमन्त्री,

सारांश

  •   आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाम तालमेलको नीति अघि सारेर माओवादी केन्द्रले नेकपा एमालेसँग पार्टी एकता नै गर्न कस्सिएपछि नेपाली राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ ।
  • बाम तालमेल र एकता अभियान थालिए पनि माओवादी केन्द्रले मंसिरको निर्वाचनसम्म सरकारलाई अप्ठेरोमा नपार्ने भन्दै सरकारलाई साथ बताइरहेको छ ।
  • आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गर्दै स्थानीय तहको निर्वाचनमा तालमेलसमेत गरेको नेकपा माओवादी केन्द्रले एक्कासी कांग्रेसको साथ छाडेपछि नेपाली राजनीतिले नयाँ मोड लिएको छ यता, बाम एकता अभियानमा नयाँ शक्तिसहितका दलहरु पनि सहभागी भएपछि कांग्रेसकै अगुवाईमा लोकतान्त्रिक गठबन्धन बनाउने काम प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले गरेका छन् ।

  आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाम तालमेलको नीति अघि सारेर माओवादी केन्द्रले नेकपा एमालेसँग पार्टी एकता नै गर्न कस्सिएपछि नेपाली राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ । बाम तालमेल र एकता अभियान थालिए पनि माओवादी केन्द्रले मंसिरको निर्वाचनसम्म सरकारलाई अप्ठेरोमा नपार्ने भन्दै सरकारलाई साथ बताइरहेको छ । आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गर्दै स्थानीय तहको निर्वाचनमा तालमेलसमेत गरेको नेकपा माओवादी केन्द्रले एक्कासी कांग्रेसको साथ छाडेपछि नेपाली राजनीतिले नयाँ मोड लिएको छ

यता, बाम एकता अभियानमा नयाँ शक्तिसहितका दलहरु पनि सहभागी भएपछि कांग्रेसकै अगुवाईमा लोकतान्त्रिक गठबन्धन बनाउने काम प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले गरेका छन् । तर गठबन्धनले मूर्त रुप भने पाउन सकेको छैन । आफ्नो गठबन्धन बलियो नहुँदै देउवा भने माओवादी मन्त्रीहरुलाई नै बर्खास्त गर्ने योजनामा रहेका छन् ।

विपक्षी गठबन्धनमा गइसकेपछि सरकारमा बस्नुको औचित्य नहुने भन्दै कांग्रेस वृत्तले माओवादीलाई सरकारबाट बाहिरिन नैतिक दबाब दिइरहेको छ भने देउवा स्वयं माओवादी मन्त्रीहरुलाई बर्खास्त गर्न कानूनी उपाय खोज्दै हिडेका छन् ।

पार्टी निकट कानूनविद्हरुसँग सल्लाह लिएका देउवाले निर्वाचन आयोगका प्रमुख आयुक्त आयोधीप्रसाद यादवलाई समेत भेटेर माओवादी मन्त्रीहरुलाई बर्खास्त गर्न पाउनुपर्ने प्रस्ताव अघि सारेको स्रोतले बताएको छ । ‘माओवादीलाई मन्त्रीबाट बर्खास्त गर्न किन नपाउने ? भनी प्रधानमन्त्री देउवाले प्रमुख आयुक्तसँग सोधेका थिए’, स्रोतले भन्यो, ‘निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा कानूनी अड्चन आउने आयोगले सुझाव दिएको छ ।’


तत्कालिन संसदलाई विघटन गरी नेपालको राजनीतिमा कालो धब्बा बनेको छ, देउवाको इतिहास । त्यो इतिहास देउवाको भूल भएको कुरा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवालाई प्रधानमन्त्रीको साँचो सुम्पिने क्रममा ब्यवस्थापिका संसदमा भनेका थिए । तर त्यस्तै संक्रमणकालिन अवस्था निम्त्याएर आगामी मंसिरको निर्वाचन नै प्रभावित पार्ने
देउवाको योजना रहेको आलोचकहरु बताउँछन् । त्यसैका लागि प्रधानमन्त्री देउवाले माओवादीलाई सरकारबाट हटाउन हरदम प्रयत्न गरिरहेको स्रोत बताउँछ ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Ram Krishna Shrestha

    Garanata

    Comment Author

    Sheshkant Pandey

    के हेरेर बसेको सम्माननिय प्रधानमन्त्री ज्यू ?लाटो कोसेराले झै , शक्ति छ ? माओबादीलाई हटाउने ।ल त हटाएर देखाउनुहोस ।

    Comment Author

    Rajesh Khadka

    Congress eklaile sarkar chalaun ta bahumat ni chahiyo ni.

    Comment Author

    Indra Bk

    Yo deuba goru ho ,kasle pm banayako harami lai

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?