आज नेपाली काँग्रेसले देशव्यापी विरोध प्रदर्शन गर्दै

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २९, २०७७
|
|
५३ पटक हेरिएको
Shares

सारांश

  • नेपाली काँग्रेसले आज देशव्यापी विरोध प्रदर्शन गर्दैछ ।
  • सरकारविरुद्ध हुने प्रदर्शन ७७ वटै जिल्लामा हुनेछन् ।
  • यसका लागि काँग्रेसले केन्द्रीय नेताहरुलाई देशैभरी खटाएको छ ।

नेपाली काँग्रेसले आज देशव्यापी विरोध प्रदर्शन गर्दैछ । सरकारविरुद्ध हुने प्रदर्शन ७७ वटै जिल्लामा हुनेछन् । यसका लागि काँग्रेसले केन्द्रीय नेताहरुलाई देशैभरी खटाएको छ ।

तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई पुल उदघाटनका क्रममा प्रहरीले नियन्त्रणमा लिएपछि काँग्रेस सडकमा आउने अवस्था बनेको छ । सभापति शेरबहादुर देउवाले सरकारको कार्यशैलीको आलोचना गर्दै प्रदर्शनमा आउनुपरेको जनाएका छन् । उनले हिजो नै विज्ञप्तिमार्फत् काँग्रेस कार्यकर्ता र लोकतन्त्रवादीलाई प्रदर्शनमा आउन आग्रह गरेका हुन् ।

यसैगरी काँग्रेसले देशभर केन्द्रीय नेता खटाएको छ । सभापति शेरबहादुर देउवा मकवानपुरको प्रदर्शनमा सहभागी हुँदैछन् । उनका साथमा प्रवक्ता विश्वप्रकाश शर्मा पनि छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौं, उपसभापति विमलेन्द्र निधि भक्तपुर, महामन्त्री डा. सशांक कोइराला मोरङ, कोषाध्यक्ष सीतादेवी यादव ललितपुर, पूर्व महामन्त्री प्रकाशमान सिंह धनुषाको प्रदर्शनमा सहभागी भई सम्बोधन गर्ने छन् ।

केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी पोखरा, डा. रामशरण महत चितवन, प्रदीप पौडेल कञ्चनपुर, गोपालमान श्रेष्ठ काभ्रे, गगन थापा कैलाली, चन्द्र भण्डारी नुवाकोट, सुरेन्द्र पाण्डे रुपन्देही, पुष्पा भुषाल अर्घाखाँची, जीवन परियार गुल्मी, धनराज गुरुङ स्याङ्जा र नैनसिंह महर दोलखामा खटिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बलात्कारीलाई जन्मकैद सजाय
बलात्कारीलाई जन्मकैद सजाय
सुनको मूल्यमा गिरावट, तोलाको ९२ हजार ३०० रुपैयाँमा कारोबार
सुनको मूल्यमा गिरावट, तोलाको ९२ हजार ३०० रुपैयाँमा कारोबार
पाँच वर्षमा गठबन्धनका तीन प्रधानमन्त्री सम्भावना
पाँच वर्षमा गठबन्धनका तीन प्रधानमन्त्री सम्भावना
भूकम्पले घरबारविहिन बनेका सिन्धुपाल्चोकमा ७८ हजार नयाँ घरमा
भूकम्पले घरबारविहिन बनेका सिन्धुपाल्चोकमा ७८ हजार नयाँ घरमा
महेश बस्नेतको शुभकामना, कांग्रेसको छायाँ सरकार ३० वर्ष टिकोस
महेश बस्नेतको शुभकामना, कांग्रेसको छायाँ सरकार ३० वर्ष टिकोस
बाहुबली अभिनेताकी श्रीमतीले गरिन् आत्महत्या, यस्तो छ कारण
बाहुबली अभिनेताकी श्रीमतीले गरिन् आत्महत्या, यस्तो छ कारण
नेपालमा पानीजहाज ल्याउने यस्तो छ ओली सरकारको तयारी
नेपालमा पानीजहाज ल्याउने यस्तो छ ओली सरकारको तयारी
शुक्रबार साँझ प्रचण्डको पूरै परिवार राष्ट्रपति निवासमा
शुक्रबार साँझ प्रचण्डको पूरै परिवार राष्ट्रपति निवासमा
ड्याट्सन रेडी गो, क्विड र इयोन कार कम्पनीद्वारा फिर्ता गरिने
लेखा समितिद्वारा विमान खरिद प्रकरणमा सार्वजनिक खरिद अनुगमन कार्यालयको राय माग्ने निर्णय
लेखा समितिद्वारा विमान खरिद प्रकरणमा सार्वजनिक खरिद अनुगमन कार्यालयको राय माग्ने निर्णय