एक आमाले जन्माइन् तिम्ल्याहा सन्तान, तीनै बच्चाको तौल कम

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ५, २०७४
|
|
४३ पटक हेरिएको
Shares
एक आमाले जन्माइन् तिम्ल्याहा सन्तान, तीनै बच्चाको तौल कम

सारांश

  • तेह्रथुम,५ फागुन ।
  • तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–१, सिम्लेकी मेनुका खनाल कार्कीले एकैपटकमा तीन बच्चालाई जन्म दिएकी छिन् ।
  • सिम्लेस्थित स्वास्थ्यचौकीमा सामान्य प्रसूतिबाटै बच्चा जन्मिएपनि बच्चाहरुको स्वास्थ्य अवस्था भने गम्भीर रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

तेह्रथुम,५ फागुन । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–१, सिम्लेकी मेनुका खनाल कार्कीले एकैपटकमा तीन बच्चालाई जन्म दिएकी छिन् ।

सिम्लेस्थित स्वास्थ्यचौकीमा सामान्य प्रसूतिबाटै बच्चा जन्मिएपनि बच्चाहरुको स्वास्थ्य अवस्था भने गम्भीर रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । मेनुकाले सामान्य प्रसूति सेवाबाटै एकैपटक तीन छोरालाई जन्म दिएकी सिम्ले स्वास्थ्यचौकीका इन्चार्ज देउकुमार राईले बताए ।

सात महिना १२ दिनमै जन्मिएका तीनै बच्चाको तौल कम छ । पहिलो बच्चाको तौल १.८ केजी तथा दोस्रो र तेस्रोको समान १.६/१.६ केजी रहेको छ । स्वास्थ्यकर्मीकाअनुसार सामान्य अवस्थाको एक नवजात शिशुको तौल कम्तीमा पनि २.५ केजी हुन्छ ।

बच्चाहरुलाई उपचारका लागि जिल्लाबाहिर लैजान स्वास्थ्यचौकीले ‘रेफर’ गरिसकेको छ । तर, परिवारको आर्थिक अवस्था कमजोर भएका कारण जिल्लाबाहिर लैजान नसकेको मेनुकाका श्रीमान् दिलबहादुर कार्कीले बताए ।

संखुवासभाको मादी स्थायी घर भएका कार्की दम्पती दुई वर्षदेखि तेह्रथुममा तरकारी व्यापार गर्दै आइरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारी सञ्चारमाध्यमलाई समावेशी बनाउन पहल गर्ने मन्त्री गुरुङको आश्वासन
सरकारी सञ्चारमाध्यमलाई समावेशी बनाउन पहल गर्ने मन्त्री गुरुङको आश्वासन
उखु किसान र चिनी उद्योगका समस्या समाधान हुन्छ: मन्त्री भट्ट
उखु किसान र चिनी उद्योगका समस्या समाधान हुन्छ: मन्त्री भट्ट
भरतपुर महानगरपालिकामा पुन मतदान गर्ने कि नगर्ने भन्नेबारेमा सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाई ६ दिनका लागि रोकियो
भरतपुर महानगरपालिकामा पुन मतदान गर्ने कि नगर्ने भन्नेबारेमा सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाई ६ दिनका लागि रोकियो
जनयुद्ध, चुनाव चिन्ह र संगठनबारे सहमतिपछि एकता हुन्छ : भुसाल
जनयुद्ध, चुनाव चिन्ह र संगठनबारे सहमतिपछि एकता हुन्छ : भुसाल
भारतीय निर्वाचनमा लफडा : राहुल गान्धी ब्रिटिश नागरिक भएको दाबी, सरकारले माग्यो स्पष्टीकरण
भारतीय निर्वाचनमा लफडा : राहुल गान्धी ब्रिटिश नागरिक भएको दाबी, सरकारले माग्यो स्पष्टीकरण
ग्यास सिलिण्डर पड्किँदा चार घाइते
ग्यास सिलिण्डर पड्किँदा चार घाइते
बि.सं.२०७४ साल माघ ९ गते मङ्गलवारको राशिफल
बि.सं.२०७४ साल माघ ९ गते मङ्गलवारको राशिफल
जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु
जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु
नियमित सेक्स गर्ने महिला कसरी चिनिन्छन् ? देखिन्छ शरीरमा यस्तो लक्षण !
नियमित सेक्स गर्ने महिला कसरी चिनिन्छन् ? देखिन्छ शरीरमा यस्तो लक्षण !
पाँच वर्षदेखि पुल निर्माण अलपत्र
पाँच वर्षदेखि पुल निर्माण अलपत्र