स्वास्थ्य चौकी भवन पुनःनिर्माण

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १०, २०७५
|
|
३० पटक हेरिएको
Shares
स्वास्थ्य चौकी भवन पुनःनिर्माण

सारांश

  • काभ्रेपलाञ्चोक, १० पुस ।
  • जिल्लामा कोरियाली रेडक्रसको सहयोगमा ६ स्वास्थ्य चौकी भवन पुनःनिर्माण गरिएको छ ।
  • अन्य ६ स्वास्थ्य चौकी भवन निर्माणाधीन अवस्थामा छन् ।

काभ्रेपलाञ्चोक, १० पुस । जिल्लामा कोरियाली रेडक्रसको सहयोगमा ६ स्वास्थ्य चौकी भवन पुनःनिर्माण गरिएको छ । अन्य ६ स्वास्थ्य चौकी भवन निर्माणाधीन अवस्थामा छन् ।

नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति रघुवर चौप्रधानका अनुसार रविओपी, महेन्द्रज्योति, रयाले, खरेलथोक, ज्याम्दी र चण्डेनीमण्डनमा २०७२ वैशाखको भूकम्पबाट क्षतिग्रस्त स्वास्थ्य चौकी भवनको पुनःनिर्माण गरिएको हो । बाल्टिङमा निर्माण गरिएको स्वास्थ्य चौकी भवन यसै साता समुदायलाई हस्तान्तरण गरिनेछ ।

बनखु, फलामेटार, गोठपानी, पोखरीचौँरी र सानो वाङ्थलीमा स्वास्थ्य चौकी भवन निर्माणाधीन अवस्थामा छन् । कोरियाली रेडक्रसकी नेपालस्थित प्रतिनिधि सुनी किमले भूकम्पबाट प्रभावित केही जिल्लामा स्वास्थ्य क्षेत्रमा काम गर्न पाएकामा खुशी व्यक्त गर्नुभयो । उहाँ भन्नुहुन्छ, “ग्रामीण भेगमा भवन बनाएर नेपाली नागरिकको स्वास्थ्य सेवा गर्न पाएकामा खुशी छौँ ।”

कोरियाली रेडक्रसले भूकम्पबाट क्षतिग्रस्त काभे्रपलाञ्चोकमा १२, धादिङमा एक र सिन्धुपाल्चोकमा १४ स्वास्थ्य चौकी भवन निर्माण गर्न सम्झौता गरेको नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका स्वास्थ्य कार्यक्रम अधिकृत दीपक पोखरेलले जानकारी दिनुभयो । धादिङमा भवन निर्माण भइसकेको छ भने सिन्धुपाल्चोकमा १२ भवन निर्माण गरिएकामा दुई भवन निर्माणाधीन अवस्थामा छन् ।

“एउटा स्वास्थ्य चौकी भवन पुनःनिर्माण गर्न रु ६० लाखदेखि रु ६५ लाखसम्म खर्च भएको छ,” पोखरेलले भन्नुभयो । उक्त रकमले प्रिफेबको प्रयोग गरी स्वास्थ्य चौकी भवन, उपकरण तथा कर्मचारी आवास निर्माण गरिएको छ । उहाँले भन्नुभयो, “केही भवनमा सोलारबत्तिसहित तातोपानीको व्यवस्थापन गरिएको छ ।”

जिल्ला स्वास्थ्य समन्वय एकाइका अनुसार भूकम्पबाट क्षतिग्रस्त ४३ स्वास्थ्य चौकी भवनमध्ये ३७ वटा गैर सरकारी संस्थाको सहयोगमा निर्माण गर्ने सम्झौता भएको छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीलाई डा. संग्रौलाले दिए यस्तो सुझाव : ‘हाम्रा परिवार एनजिओले भत्काइसके, एकनाथजस्ता असफल पार्न उद्दत छन्’
प्रधानमन्त्रीलाई डा. संग्रौलाले दिए यस्तो सुझाव : ‘हाम्रा परिवार एनजिओले भत्काइसके, एकनाथजस्ता असफल पार्न उद्दत छन्’
बालिकामाथि हुने यौन हिंसामा संलग्नलाई कडा कारवाही हुनुपर्छः मानव अधिकारकर्मी
बालिकामाथि हुने यौन हिंसामा संलग्नलाई कडा कारवाही हुनुपर्छः मानव अधिकारकर्मी
भाजपाले कटायो तीन सय सिट, मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने पक्का
भाजपाले कटायो तीन सय सिट, मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने पक्का
उपेन्द्र यादवले मतदान गरे, गच्छदारले पनि गर्दै
उपेन्द्र यादवले मतदान गरे, गच्छदारले पनि गर्दै
पोखराको प्याराग्लाइडिङ : पुन: तोरीपानी क्षेत्रबाट सञ्चालनको तयारी
पोखराको प्याराग्लाइडिङ : पुन: तोरीपानी क्षेत्रबाट सञ्चालनको तयारी
अमेरिकाले सार्वजनिक गर्यो २०१९ का लागि डिभी पर्ने नेपालीको विवरण
अमेरिकाले सार्वजनिक गर्यो २०१९ का लागि डिभी पर्ने नेपालीको विवरण
अब सार्बजनिक भवन होइन बस्ती बस्तीमा पार्क बन्नु पर्छ-सुदर्शन के सी
अब सार्बजनिक भवन होइन बस्ती बस्तीमा पार्क बन्नु पर्छ-सुदर्शन के सी
बाराका प्रजिअ चढेको गाडी दुर्घटनाः सशस्त्र प्रहरीका एसपी पोखरेलको मृत्यु, प्रजिअ गम्भीर
युट्युवबाट यसरी पैसा कमाउन सकिन्छ
युट्युवबाट यसरी पैसा कमाउन सकिन्छ
भारतमा आज चौथो चरणको निर्वाचन : कसले मार्ला बाजी  ?
भारतमा आज चौथो चरणको निर्वाचन : कसले मार्ला बाजी ?

तपाईंले छुटाउनुभयो कि?