पर्यटकसँग हैन, व्यवसायीसँग कर लिनुपर्छ -पर्यटन व्यवसायी

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २२, २०७४
|
|
३३ पटक हेरिएको
Shares
पर्यटकसँग हैन, व्यवसायीसँग कर लिनुपर्छ -पर्यटन व्यवसायी

सारांश

  • नगरकोट, २२ असोज  चाँगुनारायण नगरपालिकाले नगरकोट प्रवेश गर्ने पर्यटकसँग प्रवेश शुल्क उठाउन थालेपछि पर्यटन व्यवसायीले पर्यटकसँग शुल्क नलिइ व्यवसायीसँग लिनुपर्ने बताएका छन् ।
  • नगरपालिकाले पर्यटन क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार तयार गरोस् र वार्षिक व्यवसायीसँग कति कर लिने हो त्यो निश्चित गरोस् हामी तिर्न तयार छौँ व्यवसायीको भनाइ छ ।
  • सरोकार भएकासँग छलफल नगरी तथा अन्य कुनै तयारीबिना असोज १ गतेबाट नगरकोट जाने पर्यटकसँग नगरपालिकाले ठेकेदारमार्फत प्रवेश शुल्क उठाउन थालेकामा व्यवसायी दुःखी बनेका छन् ।

नगरकोट, २२ असोज  चाँगुनारायण नगरपालिकाले नगरकोट प्रवेश गर्ने पर्यटकसँग प्रवेश शुल्क उठाउन थालेपछि पर्यटन व्यवसायीले पर्यटकसँग शुल्क नलिइ व्यवसायीसँग लिनुपर्ने बताएका छन् ।

नगरपालिकाले पर्यटन क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार तयार गरोस् र वार्षिक व्यवसायीसँग कति कर लिने हो त्यो निश्चित गरोस् हामी तिर्न तयार छौँ व्यवसायीको भनाइ छ ।
सरोकार भएकासँग छलफल नगरी तथा अन्य कुनै तयारीबिना असोज १ गतेबाट नगरकोट जाने पर्यटकसँग नगरपालिकाले ठेकेदारमार्फत प्रवेश शुल्क उठाउन थालेकामा व्यवसायी दुःखी बनेका छन् ।

नगरकोट नाल्दुम पर्यटन विकास समिति सदस्य एवं होटल क्लब हिमालयनका प्रवन्धक अशोक थापालाई निर्वाचित भएपछि पर्यटन व्यवसायको अवस्थाका बारेमा जनप्रतिनिधिले बुझ्छन् होला भन्ने लागेको थियो । तर उहाँलाई असोज १ गते बुकिङ गरेका पर्यटकले फोनमार्फत प्रवेश शुल्कका बारेमा सोधेपछि छक्क परेको उहाँ बताउनुहुन्छ । थापा भन्नुहुन्छ, “पर्यटक शुल्क लिने निर्णय गरेको पर्यटन व्यवशायीलाई नै थाहा भएन ।”

नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष इन्द्र लामा भन्नुहुन्छ, “भक्तपुरबाट नगरकोट पुग्ने दुई सडक मर्मत गरिएको छैन जसले गर्दा पर्यटककको संख्या घटेको छ ।” यही अवस्थामा नगरपालिकाले गैरजिम्मेवारीपूर्ण तरिकाले पर्यटकसँग प्रवेश शुल्क उठाउन थालेको छ । यसले नगरकोटको पर्यटनमा ठूलो धक्का लागेको छ ।

सडक, पानी र फोहर व्यवस्थापनका पक्षमा कसरी अगाडि बढ्ने भन्ने सल्लाह नगरी पर्यटक प्रवेश शुल्क उठाउँदा पर्यटन व्यवसायी मारमा परेको समितिका उपाध्यक्ष नवीन गुरुङ बताउनुहुन्छ ।

नगरकोटका पर्यटन व्यवसायीको एउटै आवाज छ, तत्काल प्रवेश शुल्क उठाउन रोकियोस् । बरु पर्यटन क्षेत्रको विकासका लागि व्यवसायीसँग नगरपालिकाले समन्वय गरेमा सक्दो सहयोग गर्नेछौँ ।

चाँगुनारायण नपाको गत असारमा सम्पन्न नगरसभाले नगरकोट पुग्ने पर्यटकसँग प्रवेश शुल्क लिने निर्णय गरेको थियो । सोही निर्णयानुसार नपाले नगरकोट पुग्ने पर्यटकसँग प्रवेश शुल्क लिने गरी रु ५१ लाखमा टेण्डर स्वीकृत गरेको थियो ।

ठेकेदारले दक्षिण एसियाली मुलुकका नागरिकसँग प्रतिव्यक्ति भ्याटबाहेक रु २००, तेस्रो मुलुकका पर्यटकसँग भ्याटबाहेक रु ३०० प्रवेश शुल्क लिन थालेको छ । ठेकेदारले नगरकोट मुख्य नाका भक्तपुर नगरकोट सडकको तेलकोट र भत्क्यापाटी, थाकलमठ, कलमसीमा पोस्ट खडागरी पर्यटकसँग प्रवेश शुल्क उठाउन थालेका छन् ।

समितिका पूर्वअध्यक्ष रामशंकर ध्वोजुले नगरकोटमा आएर सूर्योदय, सूर्यास्त र हिमाल हेर्नेबाहेक पर्यटकका लागि अरु केही सुविधा छैन, एउटा बसपार्क छैन, होटल बाहिर आउँदा पर्यटकलाई शौचालयको समस्या छ भन्नुभयो । यसरी पूर्वाधारको विकासबिना नपाले एकलौटी शुल्क लिँदा नगरकोटकै बद्नाम भएको उहाँको भनाइ छ ।

“नगर परिषद्बाटै पर्यटक प्रवेश शुल्क लिने निर्णय भएको हो”– चाँगुनारायण नगरपालिका प्रमुख सोमप्रसाद मिश्रको भनाइ छ । “त्यसैले तत्काल म एक्लैले केही गर्नसक्ने अवस्था छैन ।” प्रमुख मिश्रले नगरकोटमा पर्यटन विकासकै लागि शुल्क लिइएको दाबी गर्दै त्यसमा सहयोग गर्न पर्यटन व्यवसायीलाई आग्रह गर्नुभयो ।

नगरकोटमा हाल करिब ६० वटा ठूलासाना होटल सञ्चालनमा छन् । त्यस्तै १०० को हाराहारीमा रेस्टुराँ तथा फास्टफुड पसल छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओप्पो ए५७ र ओप्पो ए७७ नेपाली बजारमा आउँदै
ओप्पो ए५७ र ओप्पो ए७७ नेपाली बजारमा आउँदै
चिकित्सा शिक्षा विधेयक परिमार्जनसम्बन्धी सहमति केलाउँदै सांसदहरु
चिकित्सा शिक्षा विधेयक परिमार्जनसम्बन्धी सहमति केलाउँदै सांसदहरु
ओली सरकारको भविष्यको टुंगो आजै लाग्ने, प्रचण्ड कडा निर्णय लिने तयारीमा
ओली सरकारको भविष्यको टुंगो आजै लाग्ने, प्रचण्ड कडा निर्णय लिने तयारीमा
लेखनाथ नगरपालिका गठन गर्न माग गर्दै सघर्ष समिती गठन
काशीमा सुरूङमा फसेकाको उद्दारको अन्तिम चरणमा ड्रिलिङ गर्ने औगर मेसिन बिग्रियो
काशीमा सुरूङमा फसेकाको उद्दारको अन्तिम चरणमा ड्रिलिङ गर्ने औगर मेसिन बिग्रियो
श्रीकृष्ण जन्माष्ठमीको पावन अवसरमा  नमस्ते धनकुटा–२०७४ कार्यक्रम  हुँदै ……
श्रीकृष्ण जन्माष्ठमीको पावन अवसरमा नमस्ते धनकुटा–२०७४ कार्यक्रम हुँदै ……
एक दिनमा टेन्डिंग नम्वर १ मा फिरंगि-भिडियो रेपोर्ट सहित
एक दिनमा टेन्डिंग नम्वर १ मा फिरंगि-भिडियो रेपोर्ट सहित
राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबाट फाल्गुनन्द जयन्तीको शुभकामना
राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबाट फाल्गुनन्द जयन्तीको शुभकामना
आजको राशीफल
आजको राशीफल
नेपाली काङ्रेसको  विशाल आमसभा आज कपनमा !
नेपाली काङ्रेसको विशाल आमसभा आज कपनमा !

तपाईंले छुटाउनुभयो कि?