लेखनाथ नगरपालिका गठन गर्न माग गर्दै सघर्ष समिती गठन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १४, २०७५
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • लेखनाथ, १४असार ।
  • पोखरा लेखनाथ महानगरले नगर परिषद्वाट लेखनाथको नाम हटाए सँगै लेखनाथवासीहरु आक्रमक भएका छन् ।
  • कवि शिरोमणी लेखनाथ पौडेलको नामवाट रहेको साविक लेखनाथ नगरपालिका र पोखरा उपहानगरपालिका मर्ज भएर पोखरा लेखनाथ महानगरपालिका गठन भएको थियो ।

लेखनाथ, १४असार । पोखरा लेखनाथ महानगरले नगर परिषद्वाट लेखनाथको नाम हटाए सँगै लेखनाथवासीहरु आक्रमक भएका छन् ।

कवि शिरोमणी लेखनाथ पौडेलको नामवाट रहेको साविक लेखनाथ नगरपालिका र पोखरा उपहानगरपालिका मर्ज भएर पोखरा लेखनाथ महानगरपालिका गठन भएको थियो ।

बुधबार मात्र  पोखरा लेखनाथ महानगरपालिकाको नामवाट लेखनाथ हटाई पोखरा महानगरपालिका नामाकरण गरीएको थियो ।

पोखरा लेखनाथ महानगरवाट लेखनाथको नाम हटाए सँगै अब साविकको लेखनाथ नगरपालिका बनाउन माग गर्दै सघर्ष समिती गठन गरेका छन् ।

सघर्ष समितीमा पोखरा लेखनाथ ३१ निवासी मिलन प्रसाद तिवारी संयोजक रहेका छन् भने सहसंयोजकमा सन्दिप पौडेल रहेका छन् । २१ जना सदस्य रहेको समिती आगामी शनिवार विशेष दवाव मुलक कार्यक्रम गर्ने सहसंयोजक पौडेलले जानकारी दिए ।

साविक लेखनाथ भित्र रहेको ८ वटा वडा मध्ये वडा २७ का वडा अध्यक्ष पुर्ण कुमार गुरुङ्ग र वडा नं ३२ का वडा अध्यक्ष अक्कल वहादुर कार्कीले सर्मथन समेत गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?