लुम्बिनीका काँग्रेस सांसद केसी जेल चलान

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २३, २०८१
|
|
४२ पटक हेरिएको
Shares
लुम्बिनीका काँग्रेस सांसद केसी जेल चलान

सारांश

  • बुटवल।
  • लुम्बिनी प्रदेश सभाका सांसद धनबहादुर केसी कारागार चलान भएका छन्।
  • यसअघि फरार सूचीमा रहेका उनी आफैं अदालतमा उपस्थित भएपछि जेल चलन भएका हुन्।

बुटवल। लुम्बिनी प्रदेश सभाका सांसद धनबहादुर केसी कारागार चलान भएका छन्। यसअघि फरार सूचीमा रहेका उनी आफैं अदालतमा उपस्थित भएपछि जेल चलन भएका हुन्। अदालतले उनलाई कैद सजाय भुक्तानका लागि कारागार पठाएको छ।

सरकारी कागज किर्ते अभियोगमा उनलाई अदालतले एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो। २०४८ सालको फैसला अहिलेसम्म कार्यान्वयन भएको थिएन।

केसीलाई उनकै श्रीमती राधा केसीले सम्बन्ध विच्छेदको नक्कली कागज बनाएको भन्दै मुद्दा दायर गरेकी थिइन्। सो मुद्दामा उनी दोषी ठहर भएका थिए । नेपाली कांग्रेसका नेता केसी गत २०७९ को प्रदेश सभा निर्वाचनमा रुकुम (पूर्व) निर्वाचन क्षेत्र १(१) बाट निर्वाचित भएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?