प्रचण्ड चितवनबाट नलडने हल्ला ‘सुनियोजीत दुष्प्रचार’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक ७, २०७४
|
|
३४ पटक हेरिएको
Shares
प्रचण्ड चितवनबाट नलडने हल्ला ‘सुनियोजीत दुष्प्रचार’

सारांश

  • काठमाडौ‌ं ।
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवनबाट प्रतिनिधि सभा निर्वाचन नलडने हल्ला सुनियोजित प्रचार भएको सचिवालयले जनाएको छ ।
  • “अध्यक्ष कमरेडका बारेमा दुष्प्रचार फिजाइएको छ ।

काठमाडौ‌ं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवनबाट प्रतिनिधि सभा निर्वाचन नलडने हल्ला सुनियोजित प्रचार भएको सचिवालयले जनाएको छ ।

“अध्यक्ष कमरेडका बारेमा दुष्प्रचार फिजाइएको छ ।’ सचिवालयले भन्यो, ‘चितवनबाट उम्मेदवारी दिने निर्णयमा कुनै परिवर्तन भएको छैन ।’

केही अनलाइन तथा सामाजिक संजालमा पार्टी अध्यक्ष प्रचण्ड चितवन छोडेर बर्दिया या अन्य क्षेत्रबाट निर्वाचनमा उन्मेदवारी दिने हल्ला फैलिएपछि सचिवालयले खण्डन गरेको हो ।’

प्रचण्डलाई माओवादी केन्द्रले चितवन जिल्लाको क्षेत्र नम्बर ३ बाट उम्मेदवार सिफ़ारिस गरेको छ ।

सचिवालयका अनुसार, बाम तालमेल अन्तर्गत नेकपा एमालेले चितवनको क्षेत्र नम्बर ३ मा प्रचण्डलाई छोडने निर्णय भैसकेको छ ।

“रास्ट्रिय राजनीतिका कैयन मुद्दाहरूमा अलझिनु परेकोले वहाँ जिल्ला जान पाउनु भएको छैन ।” सचिवालयले भन्यो, “अब सोझै निर्वाचनमा होमिनु हुंछ । कसैले शंका उपशंका नगरे हुंछ ।”

यसअघि कार्तिक ७ गते चितवनमा सभाको आयोजना गरिने र त्यसमा अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय भएको र पछि रद्द भएपछि दुष्प्रचार गर्नेहरुलाई बल पुग़ेको हो ।

प्रचण्डको गृह जिल्ला समेत रहेको चितवनमा प्रचण्डको पक्षमा आम सर्वसाधारणदेखी सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताले समर्थन गर्ने वातावरण बनेपछि यसप्रकारको गलत भ्रम फैलाइएको सचिवालयको ठहर छ ।

सचिवालयले निकट भविष्यमा निर्वाचन प्रचारका कार्यक्रम सार्वजनिक गर्ने समेत जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?